MENU

राजनीति

Ncell Axiata

६ नम्बर प्रदेशमा उपमहानगरपालिका किन भएन ?

प्रकाश पन्त/उज्यालो ।

सुर्खेत, वैशाख ८ – स्थानीय तह पुनर्संरचनापछि देशभर ४ महानगर र १३ उपमहानगर बनेका छन् । तर प्रदेश नम्बर ६ मा न त महानगर छ न त उपमहानगरपालिका नै । ६ नम्बर प्रदेशको सम्भावित राजधानी सुर्खेतको वीरेन्द्रनगर पनि नगरपालिकामै सीमित भएको छ । 

२०३३ सालमा स्थापना भएको वीरेन्द्रनगर नेपालकै पुरानो नगरपालिकामा पर्छ । स्थानीय तह पुनर्संरचनाको क्रममा प्राविधिक समितिले वीरेन्द्रनगर नगरपालिकालाई उपमहानगरपालिका बनाउन प्रस्ताव गरेको थियो । तर, दलहरुको वीरेन्द्रनगरलाई उपमहानगर बनाउनुभन्दा स्थानीय तहको संख्या बढाउन पर्नेमा जोड दिए । त्यसैले आवश्यक जनसंख्या नपुगेर वीरेन्द्रनगर उपमहानगरपालिका भएन । आवश्यक जनसंख्या पुर्याउन आसपासका गाविसलाई मिसाउन दलहरुले मानेनन् ।  

वीरेन्द्रनगरसँग जोडिएको साटाखानी गाविसलाई मिलाएर लेखबेँसी नगरपालिका बनाइयो । जनसंख्या बढी भएको साटाखानी गाविसलाई छुट्याएर उपमहानगरपालिका प्रस्ताव गर्दा स्थानीय तह पुनर्संरचना आयोगले जनसंख्या कम भएको भन्दै मानेन । उपमहानगर नबन्नुमा दलहरुले आयोगलाई दोष दिएपनि उनीहरुकै स्वार्थका कारण हुन नसकेको स्थानीय बासिन्दाको भनाई छ ।

उपमहानगर बन्न नसकेकोमा गुनासा र आरोपप्रत्यारोप भैरहे पनि अरु ठाउँमा जस्तै सुर्खेतमा पनि चुनावी चहलपहल बढेको छ । स्थानीय तहको निर्वाचन आफ्नो पक्षमा पार्न गाउँगाउँमा राजनीतिक दलका नेता कार्यकर्ता दौडधुपमा लागेका छन् ।

जिल्लामा क्रियाशील सबै दल टोल, वडा, गाउँपालिका र नगरपालिकामा केन्द्रीत भएका छन् । मतदाता भने स्थानीय तह निर्वाचनमा विकास प्रेमी नेतालाई विजयी गराउने पक्षमा देखिएका छन् । 

स्थानीय तहको अधिकार धेरै भएकोले दूरदृष्टि भएको व्यक्ति छनौट गर्नुपर्ने मध्यपश्चिम विश्वविद्यालयका उपपध्यापक ललितजंग शाही बताउनु हुन्छ । पार्टीलाई भन्दा जनताका समस्या बुझेको नेतालाई जिताउनु पर्ने उहाँको भनाई छ । जिल्लामा क्रियाशील दल यतिवेला उम्मेद्वार छनौटमा व्यस्थ छन् । कुनैपनि दलले सवै तहमा उम्मेद्वार छनौट गरिसकेका छैनन् । आकाक्षी धेरै भएपछि उम्मेद्वार छनौटमा समस्या भएको उनीहरुले बताएका छन् ।

सर्खेतमा कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, राष्ट्रिय जनमोर्चा, मजदुर किसान पार्टी, नयाँ शक्ति नेपाल लगायतका दल क्रियाशील छन् । दोस्रो संविधानसभा निर्वाचनमा तीनवटै  निर्वाचन क्षेत्र कांग्रेस, एमाले, माओवादी केन्द्र कांग्रेसबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । 

सुर्खेतमा ५ नगरपालिका र ४ गाउँपालिका गरी ९ वटा स्थानीय तह छन् । कांग्रेसका सभापति कमलराज रेग्मीले पार्टीभित्र  धेरैजना उम्मेद्वारका आकांक्षी देखिएकाले सबैलाई मिलाएर जित्ने उम्मेदवार छनोट गरी अघि बढने बताउनु भयो ।

एमाले अध्यक्ष ध्रुबकमार शाही पार्टीलाई योगदान दिएका, सामाजमा राम्रो छवि बनाएका नेतालाई पार्टीको तर्फबाट उम्मेदवार बनाउने पक्षमा हनुहुन्छ । माओवादी केन्द्रका संयोजक नरबहादर विष्ट लामो समयपछि स्थानीय तह निर्वाचन हुन थालेकाले धेरै उम्मेदवारको आकांक्षी धेरै देखिएपनि आफनो पार्टीले अधिकाश ठाउँमा उम्मेद्वार टुङ्गो लगाएको जानकारी दिनुभयो ।

उमेरदवार छनौटमै रस्साकस्सी

सुर्खेतमा अधिकांश स्थानीय तहमा ठूला दुई दल कांगे्रस र एमालेले उम्मेद्वारहरुको टुंगो लगाएका छैनन् । माओवादी केन्द्रले भने अधिकांश तहमा उम्मेद्वारको टुङ्गो लगाएको छ । 

माओवादीले वीरेन्द्रनगर नगरपालिकामा रत्न गाहालाई प्रमुख र हरिमाया शर्मालाई उपप्रमुखको उम्मेद्वार बनाएर घरदैलो अभियान थालेको छ । 

२०७० को संविधानसभा निर्वाचनमा तीनवटै क्षेत्र जीतेको कांगे्रस स्थानीय तहमा आफ्नो बर्चस्व स्थापित गर्ने होडमा छ भने २०५४ सालको स्थानीय निर्वाचनमा वीरेन्द्रनगर नगरपालिकासहित तत्कालिन जिविस, गाविसमा पकड जमाएको एमाले पनि विगतकै विरासत जोगाउने कसरतमा लागेको छ । 

वीरेन्द्रनगरको मेयरको लागि कांगे्रसबाट कमलराज रेग्मी, गोविन्द कोइराला, देवकुमार सुवेदी, जानकी सिंह लगायतको नाम चर्चामा छ । 

एमालेबाट बालाराम शर्मा, अमृत वीसी, निलकण्ठ खनाल, कुलमणि देवकोटा चर्चामा छन् । शिक्षकबाट राजीनामा दिएर राजनीतिमा आएका गेहेन्द्रप्रसाद दहालले स्वतन्त्र रुपमा उम्मेद्वारी दिएका छन् ।

लेकबेँसी नगरपालिकामा माओवादीले खड्गबहादुर घर्तीलाई नगर प्रमुखको उम्मेदवार बनाएको छ । लेकबेँसीमा नेपाली कांग्रेस र नेकपा एमालेले उम्मेदवार चयन गर्न सकेका छैनन् । लेकबेँसी नगरपालिकाबाट नेपाली कांग्रेसबाट भूपेन्द्र सुवेदी, उमेश पौडेल आकांक्षी छन् भने नेकपा एमालेबाट गगनसिंह सुनार, देवबहादुर राना र टीकाराम सोमैबीच प्रतिष्पर्धा छ ।

भेरीगंगा नगरपालिकामा नेपाली कांग्रेसबाट रामबहादुर सिंह, बेदु गिरी, झकबहादुर डाँगी, बलबहादुर वली आकांक्षी छन् । नेकपा एमालेबाट जिल्ला कमिटी सदस्य यज्ञप्रसाद ढकाल, नगर अध्यक्ष लालमणि पौडेल र टीकाराम सुवेदी आकांक्षी छन् भने माओवादी केन्द्रबाट नरेन्द्र कार्की, कृष्णप्रसाद गिरी र नरबहादुर थापा आकांक्षी छन् ।

पञ्चपुरी नगरपालिकाको नगर प्रमुखका लागि कांग्रेसबाट भिष्म हमाल, याम विसी नेकपा एमालेबाट रेशम राना, तुलबहादुर सहकारी लगायत आकांक्षी छन् । माओवादीले पञ्चपुरी नगरपालिकाको मेयरमा धनबहादुर विकलाई उम्मेद्वार बनाउने भएको जनाएको छ ।

यता गुर्भाकोट नगरपालिकाको मेयरका लागि कांग्रेसबाट हस्त पुन, अनन्त पौडेल चर्चामा छन् । देवबहादुर खत्री, बेदबहादुर नेपाली र थमानसिंह खत्री आकांक्षी छन् भने माओवादीले हिराबहादुर थापालाई उम्मेद्वार बनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • ​प्रदेश सभा र प्रतिनिधि सभाको चुनावमा विद्युतीय मेशिनको प्रयोगबारे छलफल

    काठमाडौं, साउन १३ – निर्वाचन आयोगले आगामी प्रदेश सभा र प्रतिनिधि सभाको चुनावमा विद्युतीय मेशिनको प्रयोग गर्ने विषयमा छलफल शुरु गरेको छ ।

  • जनप्रतिनिधिलाई नेपाली पोशाक अनिवार्य

    तेह्रथुम, साउन १३ – तेह्रथुमको छथर गाउँपालिकामा निर्वाचित सबै जनप्रतिनिधिले नेपाली पोशाक प्रयोग गर्ने निर्णय गरेका छन् । गाउँपालिकाका महिला जनप्रतिनिधिले गुन्यु, चोली र ढाकाको पछ्यौरा तथा पुरुष जनप्रतिनिधिले दौरा सुरुवाल, कोट र ढाकाको टोपी अनिवार्य रुपमा प्रयोग गर्ने निर्णय गरेका हुन् ।

  • एक एक मतको कदर हुनुपर्छ : प्रधानमन्त्री

    प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकको मत बदर नहुनेगरी मतदान प्रक्रियामा सुधार गरेर प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको तयारी थाल्न निर्वाचन आयोगका पदाधिकारीलाई आग्रह गर्नुभएको छ ।

  • मन्त्रीलाई बधाइ दिन जानेको भीडले सिंहदरबारमा कोलाहल

    मन्त्रीहरुलाई बधाइ तथा शुभकामना दिन जानेको भीडले बिहीबार दिनभर सिंहदरबार भरिभराउ भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार १९ जना मन्त्री थपेसँगै नवनियुक्त मन्त्रीहरुलाई बधाइ तथा शुभकामान दिन पुगेका पार्टीका कार्यकर्ता, शुभेच्छुकले सिंहदरबार भरिएको हो ।

  • आज पनि भएन भरतपुरको फैसला, हेर्दा हेर्दैमा राखियो

    काठमाडौं, साउन १२ – भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा पुनः मतदान गर्ने कि नगर्ने भन्नेबारेमा सर्वोच्च अदालतले बिहीबार पनि फैसला गर्न सकेन ।

सबै हेर्नुहोस
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया