MENU

राजनीति

Ncell Axiata
sagun

नयाँ शक्ति र फोरम एकीकरणका लागि बन्यो तीन सदस्यीय समिति

काठमाडौं, वैशाख ८ – नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरमबिच पार्टी एकताको लागि ‘पार्टी एकता संयोजन समिति’ गठन भएको छ । डा. बाबुराम भट्टराई, उपेद्र यादव र अशोक राई सम्मिलित समिति गठन गरिएको हो । 

पार्टी एकताको लागि दुबै पार्टीका तर्फबाट वार्ता समिति गठन गरी विभिन्न चरणका वैठकहरुमार्फत भएको छलफलमा पार्टीले अवलम्बन गर्ने नीति, सिद्धान्त, विचार र संगठनात्मक प्रणालीमा एउटै दुष्टिकोण बन्दै गएको दुबै पार्टीले संयुक्त विज्ञप्तीमार्फत जनाएको छ ।

पार्टी एकतालाई निष्कर्षमा पुर्याउन ‘पार्टी एकता संयोजन समिति’ गठन गरिएको उनीहरुको भनाई छ । समितिले वर्तमान आन्दोलनमा कार्यगत एकताको माध्यमबाट सहकार्य गर्दै पार्टी एकताको कार्यलाई छिटो निष्कर्षमा पुर्याउने सहमति भएको विज्ञप्तीमा उल्लेख छ । 

साथै सङ्घीय गठबन्धन, संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा तथा ६८ दलीय संयुक्त संघर्ष समितिले अगाडि सारेका मागहरुलाई सम्बोधन गरी निर्वाचनको वातावरण बनाउन सरकारसँग आग्रह पनि गरिएको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया