MENU

खेल

Ncell Axiata
USAID

लाङटाङमा अन्तर्राष्ट्रिय म्याराथुन, क्यानजिङ गुम्बाबाट स्याफ्रुवेसीसम्म

काठमाडौं, वैशाख ८ – पदयात्रा गन्तव्यको महत्वपूर्ण क्षेत्र मानिने लाङटाङमा हुन लागेको दोस्रो टान अन्तर्राष्ट्रिय लाङटाङ म्याराथुनको सम्पूर्ण तयारी सकिएको आयोजकले जनाएको छ ।

ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ् नेपाल (टान)ले आगामी मंगलबार दोस्रो टान अन्तर्राष्ट्रिय लाङटाङ म्याराथुनको आयोजना गर्ने लागेको हो । ७२ सालको भूकम्पले क्षति पुर्याएको लाङटाङ क्षेत्रमा पदमार्ग सुरक्षित छ भन्ने सन्देश विश्वभर फैलाउन साथै खेलकुद पर्यटनस्थलको विकास गर्न म्याराथुन आयोजना गरिएको टानले जनाएको छ । 

पहिलो संस्करणमा हाफ म्याराथुन आयोजना गरेको टानले यस संस्करणलाई अन्तर्राष्ट्रियस्तरको बनाउन लागेको हो । गएको वर्ष गोसाइकुण्डदेखि रसुवा सदरमुकामसम्म प्रथम टान गोसाइकुण्ड लाङटाङ म्याराथुन आयोजना भएको थियो । लाङटाङ राष्ट्रिय निकुञ्चको क्यानजिङ गुम्बाबाट सुरु भई थाङस्याप घोडा तबेला हुँदै स्याफ्रुवेसीसम्म झण्डै ४२ किलोमिटर म्याराथुनको आयोजना गर्न लागेको टानले जनाएको छ । 

म्याराथुनमा सहभागिताका लागि आवेदन लिने प्रक्रिया चलिरहेको छ । म्याराथुनमा सहभागी हुन चाहने नेपाली धावकले १ हजार ७ सय र विदेशी धावकले ५५ सय रुपैयाँसहित नाम दर्ता गर्न सक्ने छन् । म्याराथनका महिला र पुरुष दुवैतर्फका विजेताले एक लाख, दोस्रो हुनेले ७५ हजार र तेस्रो हुनेले ५० हजार रुपैयाँ पुरस्कार पाउने छन् । अहिलेसम्म ६० जना धावकले नाम दर्ता गराएको र झण्डै एकसय जना सहभागी हुने टानले जनाएको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • इएल क्लासिको इतिहास: ला लिगामा रियलअघि, समग्रमा बार्सिलोना

    वैशाख १० – स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति निकै महत्वपूर्ण खेल हुँदैछ, इएल क्लासिको । रियल मड्रिड र बार्सिलोनाबिचको खेललाई इएल क्लासिकोको रुपमा चिन्ने गरिन्छ । यो खेल विश्व फुटबलमा निकै महत्वपूर्ण र चासोको खेल बन्छ ।

  • म्यानचेस्टर युनाइटेड समस्यामा, इब्राहिमोविच खेल्न नसक्ने

    वैशाख १० – सिजनको अन्तिम तथा महत्वपूर्ण खेल बाँकी रहेका बेला इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड समस्यामा परेको छ । क्लबको यो सिजनका सर्वाधिक गोलकर्ता स्ट्राइकर जाल्टन इब्राहिमोविच तथा डिफेन्डर मार्कस रोजो घुँडाको चोटका कारण सिजनका बाँकी खेलमा मैदान बाहिर रहने भएका छन् ।

  • इएल क्लासिको : प्रशिक्षणमा प्रतिबन्धित नेइमार

    वैशाख १० – स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति निकै महत्वपूर्ण खेल हुँदैछ, इएल क्लासिको । रियल मड्रिड र बार्सिलोनाबिचको खेललाई इएल क्लासिकोको रुपमा चिन्ने गरिन्छ ।

  • चेल्सी पुग्यो फाइनलमा, टोटनह्यामलाई लाग्यो धक्का

    वैशाख १० – चेल्सी एफए कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । शनिबार राति घरेलु मैदानमा भएको सेमिफाइनलमा प्रिमियर लिग लिडर चेल्सीले दोस्रो स्थानमा रहेको टोटनह्यामलाई ४–२ ले हराएर एफए कपको फाइनलमा स्थान पक्का गरेको हो ।

  • २ रेड कार्ड, ८ गोल

    वैशाख १० – इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएका खेलमा बोर्नमाउथ, हल सिटी र स्वान्सी सिटी विजयी भएका छन् । घरेलु मैदानमा भएको खेलमा बोर्नमाउथले १० खेलाडीमा सीमित भएको मडिल्सबर्गलाई ४–० ले हराएको हो ।

सबै हेर्नुहोस
Foreign Employment
Job Vacancy
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया