MENU

समाज

Ncell Axiata
chhaka panja

अस्पतालको जेनेरेटर राख्ने भुइँमा बेवारिसे बिरामि, दिसा पिसाबमै छ शरीर

भीमकुमार बाँस्कोटा/उज्यालो ।

पाँचथर, वैशाख ८ – जिल्ला अस्पताल पाँचथरको जेनेरेटर राख्ने कोठाको चिसो भुइँमा लामो समयदेखि आफ्नै दिसा पिसाबमा लुटुपुटिएर एक वेवारिसे बिरामि छटपटाइरहेका छन् ।

१८ वर्षजतिका देखिने ती विरामीको दुवै खुट्टा डढेका छन् । बोली नआउने र हिँड्न नसक्ने भएकाले उनको बारेमा थप जानकारी प्राप्त हुन नसकेको अस्पतालले जनाएको छ । 

रबि स्वास्थ्य चौकी र इलाका प्रहरी कार्यालय रबीले उनलाई पाँचथर अस्पताल पठाएको अस्पतालको सुरक्षार्थ खटिएका प्रहरी हवल्दार राजकुमार कार्कीले जानकारी दिनुभयो । कार्कीका अनुसार गएको चैत २५ गते ति बिरामि पाँचथर अस्पताल ल्याइएको थियो । ‘रबिका एक व्यक्तिले अस्पतालमा ल्याएर बिरामि छाडेर गएका हुन्,’ कार्कीले भन्नुभयो ‘बिरामिको बारेमा थप जानकारी प्राप्त भएको छैन ।’

बोली नआउने, हिँड्न नसक्ने ति बिरामिको हेरचाह गर्ने आफन्त नभएपछि अस्पतालको चिसो भुइँमा १३ दिनदेखि छटपटाइरहेका छन् । हिँड्न नसक्ने भएपछि सुतेकै ठाँउमा दिसा पिसाब गर्छन् । उनको सरसफाइ गरिदिन मान्छे नभपछि उनी फोहोरमैलामा लुटुपुटिएका छन् । उनको शरिरभरि झिँगा भन्किएका छन् । शरि पूरै फोहोर भएको छ । उनलाई सुताएको कोठा दुर्गन्धले भरिएको छ । 

बिरामि अस्पताल ल्याइएपछि तीन दिनसम्म आकस्मिक कक्षमा राखेर उपचार गराइएको अस्पतालका निमित्त प्रमखु डाक्टर भूपाल श्रेष्ठले जानकारी दिनुभयो । ‘आकस्मिक कक्षमै फोहोर मैला गर्न थालेपछि बिरामीलाई सारिएको हो,’ श्रेष्ठले भन्नुभयो, ‘बिरामिको उपचार भइरहेको छ । खानको लागि क्यान्टिनबाट ल्याएर खाना खुवाउने व्यवस्था मिलाइएको छ । उनको सरसफाइ गरिदिन मान्छे नभएकाले समस्या भएको हो ।’

बिरामिले अलि अलि खाना खान्छन् । खाएकै ठाँउमा उनी दिसा गर्छन् । डढेको खुटाहरुको पत्र पत्र उक्किन थालेका छ । ‘डढेको घाउ पहिलेभन्दा सुधार भएको हो,’ श्रेष्ठले भन्नुभयो ‘घाउ निको हुन्छ ।’ विरामीले घाउ कोट्याएर पाप्रा उक्काउने गरेका छन् । अलि अलि टाउको सम्म उठाउन सक्ने ति विरामी सुताएको कोठाको दुर्गन्धले अरु मान्छेहरुले नाक मुख थुनेर हिँड्न थालेका छन् । ‘बिहान बेलुका दिसा सफा गरिदिने गरिएको छ,’ श्रेष्ठले भन्नुभयो, ‘छिनछिनमा दिसा गर्ने भएकाले सफा गरिरहन समस्या भएको हो, त्यसैले दुर्गन्ध फैलिएको हो ।’

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
western union
nepali women
पछिल्ला समाचारहरु

सोसल मिडिया