MENU

समाज

Ncell Axiata
USAID

अरुण थुनियो, तीन किलोमिटरसम्म बाँध, ८० घर जोखिममा, सजग हुन आग्रह

दीपेन्द्र शाक्य/उज्यालाे ।

संखुवासभा, वैशाख ८ – संखुवासभाको हटियामा पर्ने स्याक्सिला गोलामा अरुण नदी थुनिएको छ । अरुण नदी थुनिएपछि तीन किलोमिटर बाँध बनेको जिल्ला प्रहरी कार्यालयका डिएसपी गौतमकुमार केसीले बताउनु भयो । 

बरुण नदीले बगाएर ल्याएको ढुंगा गिटी बालुवाले अरुणलाई छेकेको छ । त्यस क्षेत्रका ८० परिवार जोखिममा रहेको केसीले बताउनु भयो । उद्धारका लागि हेदांनाबाट प्रहरी नायब निरीक्षकको नेतृत्वमा २२ र हटियागोलाका १३ जना प्रहरी घटनास्थल पुगिसकेको छ । अहिले जिल्ला दैवीप्रकोप उद्धार समितिको बैठक बसिरहेको छ । घटना स्थल सदरमुकाम खादबारीबाट दुई दिनको पैदल दूरीमा पर्छ । 

प्रमुख जिल्ला अधिकारी शीवराज जोशीका अनुसार त्यस क्षेत्रमा नेपाली सेना पनि खटिइसकेको छ । केही बेरपछि सेनाको हेलिकप्टरबाट घटनास्थलको निरीक्षण गर्ने र थप सुरक्षाकर्मी उद्धारका लागि सदरमुकाम खाँदबारीबाट लैजाने उहाँले बताउनुभयो । अरुण नदी छेउछाउका बस्तीका सर्वसाधारणलाई सजक भएर बस्न प्रशासनले आग्रह समेत गरेको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Foreign Employment
Job Vacancy
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया