MENU

समाज

Ncell Axiata
chhaka panja

११ जिल्लाका सुरक्षा प्रमुखको बैठक काभ्रेमा

काभ्रे, वैशाख ८ – वैशाख ३१ गते तोकिएको स्थानीय तहको निर्वाचनमा खटिएका सुरक्षा निकाय निर्देशित गर्न र जिल्ला तहमा सुरक्षा प्रबन्ध बारे जानकारी लिन ११ जिल्लाका सुरक्षा प्रमुखको बैठक काभ्रेको धुलिखेलमा सुरु भएको छ ।  

बैठकमा काभ्रे लगायत काठमाडौं, भक्तपुर, ललितपुर, सिन्धुपाल्चोक, रामेछाप, दोलखा, नुवाकोट, रसुवा, धादिङ, सिन्धुली प्रमुख जिल्ला अधिकारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रमुख सहभागी भएका छन् । 

गृहमन्त्री समेत सहभागी हुने बैठकको सुरुवातमा गृहसचिव लोकदर्शन रेग्मीले सुरक्षा निकायलाई सुरक्षाको प्रबन्ध, निर्वाचनमा राजनैतिक प्रकृयाको सहजीकरण र समग्र कानुनी व्यवस्था सञ्चालन गर्ने तेहरो जिम्मेवारी भएको कारण त्यसलाई उच्च मनोबलको रुपमा सकृय हुन आग्रह गर्नुभयो । उहाँले कानुनी अड्चन बाहेकका मापदण्ड मिचेर भएपनि सुरक्षा विश्वसनीय वातावरण बनाउन कुनै कसुर बाँकी नराख्ने बताउनुभयो । कार्यक्रममा गृह प्रबक्ता बालकृष्ण पन्थीले समग्र जिल्लाको सुरक्षा अबस्था बारे जानकारी लिएर आबश्यक निर्देशन दिने बताउनुभयो । 

गोष्ठीलाई उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधीले सम्बोधन गर्ने कार्यक्रम छ । कार्यक्रममा प्रहरी महानिरीक्षक प्रकाश अर्याल, क्षेत्रीय प्रशासक शम्भु कोइराला, सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, मुख्य अनुसन्धान निर्देशक दिलिपराज रेग्मी, नेपाली सेनाका उपरथी विनोद श्रेष्ठलगायतको सहभागीता रहेको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
western union
nepali women
पछिल्ला समाचारहरु

सोसल मिडिया