MENU

मनोरञ्जन

ujyaalo forign call inside

‘छक्का पञ्जा २’ को दुईवटा लोकेशन फाइनल, गीतको खोजी हुँदै

काठमाडौं, वैशाख ८ – लामो समयदेखि ‘छक्का पञ्जा’को सिक्वेलका लोकेशन हन्टिङ गरिरहेको निर्माण टोलीले दुईवटा लोकेशन फाइनल गरेको छ ।  

वैशाखको दोस्रो साताबाट फ्लोरमा जाने तयारीमा रहेको सिनेमाको ६० प्रतिशत शुटिङ काठमाडौंमा हुनेछ भने बाँकी छायांकन काठमाडौंबाहिर हुनेछ । अहिलेसम्म सिनेमाको लागि काठमाडौं र मकवानपुरको चित्लाङ फाइनल भएको र अन्य लोकेशनहरुका बारेमा छलफल भइरहेको निर्माण पक्षले जानकारी दिएको छ ।

त्यस्तै सिनेमाको लागि अहिलेसम्म दोस्रो गीत पनि फाइनल भएको छैन । हरिवंश आचार्य र आस्था राउतको आवाज रहेको ‘झ्याम्म, झ्याम्म’ बोलको प्रमोशनल गीत फाइनल भएको र दोस्रो गीतको खोजी जारी रहेको जानकारी छ ।

दीपा श्री निरौलाको निर्देशनमा बन्न लागेको यस सिनेमामा दीपक राज गिरी, प्रियंका कार्की, केदार घिमिरे, वर्षा राउत, स्वस्तीमा खड्का, निश्चल बस्नेत, जितु नेपाल, शिवहरी पौड्याल, ज्योत्सना योगी लगायतका कलाकारको अभिनय रहनेछ । सिनेमा असोज ११ मा रिलिज हुनेछ ।

उज्यालो र forseenetwork.com को सहकार्य

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया