MENU

समाज

Ncell Axiata
USAID

भूकम्प गएको दुई वर्षपछि लाङटाङमा स्वास्थ्यकर्मी पुगे

रसुवा, वैशाख ८ – भूकम्पका कारण वगरमा परिणत भएको लाङटाङ विस्तारै तङग्रिदै जान थालेपछि गाउँमा स्वास्थ्य सेवा दिनका लागि स्वास्थ्यकर्मी खटिएका छन् । दुई वर्षसम्म स्वास्थ्य सेवाबाट वञ्चित भएका लाङटाङका बासिन्दाले भवन निमार्ण गरेर जिल्ला स्वास्थ्य कार्यालयलाई उपलव्ध गराएपछि स्वास्थ्य सेवा सुरु गरिएको हो । 

बाल पोषण सप्ताहको अवसर पारेर स्थापना गरिएको स्वास्थ चौकीमा स्वास्थ्य चौकीले उपलव्ध गराउने सम्पूर्ण सेवा नागारिकले पाउने स्वास्थ्य कार्यालयका पोषण कार्यक्रम सम्पर्क व्यक्ति सिअहेव अधिकृत नवराज न्यौपानेले जानकारी दिनुभयो । 

स्वास्थ्य चौकी स्थापना गरिएसँगै पाँच वर्षमुनिका ८ जना बालबालिकालाई भिटामिन ए, ७ जना बालबालिकालाई जुकाको औषधी, ९ जनालाई भिटामिन सुक्ष्म तत्व वितरण, ८ जना बालबालिको  पाखुरा जाँच र एक जना गर्भवतीको पाखुरा जाँच गरिएको छ । 

भूकम्पसँगै आएको हिउँपहिरोले स्वास्थ्य चौकीमा पूर्ण क्षति पुग्नुको साथै पाँच जना स्वास्थ्यकर्मीको समेत ज्यान गएपछि सुरक्षाको कारण देखाउँदै स्वास्थकर्मी जान आनाकानी गरिरहेका थिए । 

स्वास्थ्यकर्मी बस्न तथा औषधी राख्नका लागि समस्या आउने देखेपछि जिल्ला स्वास्थ्य कार्यालय रसुवाले स्वास्थ्यकर्मी तथा औषधी पठाएको थिएन । एक सय १६ घरधुरीको बसोवास रहेको लाङटाङमा बिरामी भएमा सिधै हेलीकप्टर चार्टर गरेर काठमाडौं लैजानुपर्ने बाध्यता रहेको थियो । 

अहिलेसम्म सडक यातायात नपुगेको लाङटाङमा विद्युत सेवाका लागि राष्ट्रिय प्रशारण लाइनसमेत जोडिएको छैन । पर्यटनका लागि नेपाल कै तेस्रो गन्तव्य भएपनि भूकम्प पछिको पुनर्निमार्णमा सरकारले उचित ध्यान नदिँदा समस्या आएको लाङटाङका ठिले लामाले बताउनुभयो ।  

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया