MENU

राजनीति

Ncell Axiata
USAID

सरकार र मधेस केन्द्रित दलबिचको वार्ता सकारात्मक, बेलुकी फेरि बैठक बस्ने

काठमाडौं, वैशाख ८ – सरकार र मधेस केन्द्रित दलबिचको छलफल सकारात्मक भएपनि बेलुकी फेरि बैठक बस्ने भएको छ । बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा मधेस केन्द्रित दलका नेताहरुले सरकारले ल्याएको संविधान संशोधन विधेयक परिमार्जन भएमा चुनावमा सहभागी हुने संकेत गरेका हुन् ।  

बैठकपछि पत्रकारसँग कुरा गर्दै नेता लक्ष्मणलाल कर्णले सरकारले परिमार्जन सहित संशोधन गर्ने प्रतिबद्धता जनाए आफूहरु चुनावमा सहभागी हुने बताउनुभयो । तर अहिलेकै विधेयक स्वीकार्य नहुने उनीहरुले अडान दोहोर्याएका छन् । हिजो मात्रै पार्टी एकता गरेका मधेसी नेताहरुलाई प्रधानमन्त्रीले वार्तामा बोलाउनुभएको हो । वैठकमा प्रधानमन्त्री पुसष्पकमल दाहालले ले संशोधन विधेयकमा सहमतिमा गरेर वैशाख ३१ गते हुने चुनावमा सहभागी हुन आह्वान गर्नुभएको थियो ।

मधेस केन्द्रित दलका नेताहरुले भने चुनावभन्दा संविधान संशोधन आफूहरुको मुख्य चासो भएको भन्दै सरकारले ल्याएको प्रस्तावमा पुनर्विचार गर्न सरकारसँग आग्रह गरेका थिए । संविधान संशोधन प्रस्ताव र स्थानीय तहको चुनावमा सहमति जुटाउन सत्तारुढ दलको बैठक दिउँसो ३ बजे बस्नेछ । यस विषयमा एमालेसँग पनि कुरा हुने माओवादी नेता वर्षमान पुनले जानकारी दिनुभयो । बेलुकी ५ बजे सरकार र मधेसवादी दलबिच फेरि बैठक बस्ने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • मन्त्रिपरिषद बैठक स्थगित गरेर प्रचण्ड बालकोटमा

    प्रकाश ढकाल/उज्यालो । काठमाडौं, वैशाख १० – मन्त्रिपरिषदको बैठक मुख्य एजेन्डामा प्रवेश नै नगरी स्थगित भएको छ । सत्तारुढ दल र आन्दोलनरत मधेस केन्द्रित दलसित शनिबार भएको सहमति अनुसार संविधान संशोधन प्रस्तावमा परिमार्जन गर्ने बारेमा मुख्य विपक्षी एमालेसँग पनि छलफल गर्ने भन्दै बैठक स्थगित भएको हो ।

  • मतदान गरेर फर्किँन तीन दिन

    बाजुराकोको सदरमुकाम मार्तडीबाट ६० कोष टाढा रहेको हिमाली गाउँपालिका–३ गुम्बा गाउँका बासिन्दालाई स्थानीय चुनावमा मतदान गर्न मात्र तीन दिन खर्चुनु पर्ने भएको छ ।

  • दुई महिनापछि उपप्रधानमन्त्री निधि मन्त्रिपरिषद बैठकमा सहभागी

    काठमाडौं, वैशाख १० – बरियता विवादका कारण यसअघिका मन्त्रिपरिषद बैठक बहिष्कार गर्दै आएका उपप्रधानमन्त्री बिमलेन्द्र निधि आइतबारको मन्त्रिपरिषद बैठकमा सहभागी हुनुभएको छ ।

  • जागिर छोडेर उपमेयरको उम्मेद्वार बन्दै बिना

    बर्दिया, वैशाख १० – स्थानीय तहको चुनाव नजिकिएसँगै जागिरबाट राजीनामा दिएर उम्मेद्वार बन्ने लहर चलेको छ । उपमेयर उम्मेद्वारका लागि सिफारिस भएपछि ठाकुरद्धाराकी बिना भट्टराई जागिरबाट राजीनामा दिएर चुनावमा लाग्ने तयारी हुनुहुन्छ ।

  • चुनावी प्रचारका लागि कांग्रेसले नारा तय गर्‍यो

    काठमाडौं, वैशाख १० – नेपाली कांग्रेसले चुनावी प्रचारका लागि ‘हामी भित्र म, सबै अट्ने देश सबैलाई समेट्ने कांग्रेस’ नारा तय गरेको छ । आइतबारदेखि फेसबुक पेजबाट औपचारिक प्रचार सुरु गर्दै कांग्रेसले नयाँ नारा पनि सार्वजनिक गरेको हो ।

सबै हेर्नुहोस
Foreign Employment
Job Vacancy
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया