MENU

राजनीति

Ncell Axiata
USAID

चुनाव प्रशिक्षण विथोल्न खोज्ने मोर्चाका १३ जना पक्राउ, प्रहरी कार्यालय अगाडी प्रदर्शन

शैलेन्द्र महतो/उज्यालो ।

जनकपुरधाम, वैशाख ८ – चुनाव सम्बन्धी प्रशिक्षण विथोल्न खोज्दा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका १३ जना नेता कार्यकर्ताहरुलाई प्रहरीले केही वेर नियन्त्रणमा लिएको छ । शुक्रबार बिहान निर्वाचन कार्यालय धनुषाले आयोजना गरेको प्रशिक्षण कार्यक्रम विथोल्न खोजेको भन्दै प्रहरीले १३ जनालाई पक्राउ गरेको थियो ।  

मोर्चाका धनुषा संयोजक सतिष लाल दास, संजय सिंह, परमेश्वर साह, हरिनारायण यादव, रामपुकार यादव, उदय सिंह, रामचन्द्र साह, प्रमोद यादव, रामरत्न यादव, सुमनकान्त ठाकुर, शिलाकान्त झा, प्रदिप सिंह र सिताराम यादव लगायत पक्राउ परेका थिए ।

पक्राउको विरोधमा मोर्चाका नेता कार्यकर्ताहरुले जिल्ला प्रहरी कार्यालय धनुषा अगाडी प्रदर्शन गरेपछि केही समय राखेर उनीहरुलाई छाडिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।   

धनुषाका प्रहरी उपरीक्षक लालमणि अचार्यका अनुसार जनकपुरको मुजेलिया ग्रामीण विकास प्रशिक्षण केन्द्रको सभाहलमा निर्वाचन आयोगले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई विथोल्न खोज्दा उनीहरुलाई पक्राउ गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया