समाज
घुस लिने मालपोतका दुई जना कर्मचारी र लेखनदास पक्राउ
- Friday, Apr 21, 2017
- 13:52 PM ( 1 year ago )
- Total Views: 8.5 K
चितवन, वैशाख ८ – मालपोत कार्यालय चितवनमा कार्यरत दुई जना कर्मचारी र एक जना लेखनदास घुस लिएको आरोपमा पक्राउ परेका छन् । मालपोत कार्यालयका नायव सुब्बा मनोज निरौला, कम्प्युटर प्राविधिक प्रदिप शर्मा पोडेल सेवा ग्राहीसँग घुस लिएको आरोपमा पक्राउ परेका हुन् । उनीहरुसँगै लेखनदास गर्दै आएका फणिन्द्रराज तिवारी पनि पक्राउ परेका छन् ।
जिल्ला प्रशासन कार्यालय र प्रहरीको संयुक्त टोलीले उनीहरुलाई मालपोत कार्यालयबाटै पक्राउ गरेको हो । मालपोत कार्यालयमा मुद्धा फाटमा काम गर्ने निरौला र कम्पयुटर फाटमा काम गर्ने शर्माले सेवा ग्राहीको काम मिलाई दिने भन्दै ६ हजार रुपैयाँ घुस लिएपछि प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दीपक थापाले बताउनुभयो ।
लेखनदास तिवारीले सेवाग्राहीसँग घुस लिएर कर्मचारीलाई बुझाएका थिए । मृत्यु भएका बुबाको नाममा रहेको जग्गा आमाको नाममा नामसारी गर्न आउदा लेखनदासदेखि कम्पयुटर फाट, मुद्धा शाखामा समेत रकम मागेर दुख दिएपछि बाध्य भएर प्रहरीलाई उजुरी गरेको इच्छाकामना गाउपालिका–६ का बिर्खलाल गुरुङले बताउनुभयो । सुरुमा १० हजार रुपैयाँ मागेपनि ६ हजार रुपैयाँ घुस काम गर्न लागेको बेला उनीहरुलाई पक्राउ गरिकएको हो ।
सम्बन्धित सामग्रीहरु
-
गोरखा भूकम्पको ३ वर्ष पूरा, झण्डै ५ सय परकम्प
काठमाडाैं, वैशाख १२ – गोरखा भूकम्पको आज ३ वर्ष पूरा भएको छ । २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको थियो ।
-
भूकम्पले ढालेका सम्पदा उठाउन किन ढिलाई ?
वैशाख १२ – भूकम्पको तीन वर्ष बितिसक्दा पीडितको घर मात्रै होइन, सम्पदा बनाउने काम पनि अलपत्र छ । धरहरा, रानीपोखरी, काष्ठमाण्डपलगायतका ऐतिहासिक सम्पदाको हालत उस्तै छ ।
-
घरमा आगलागी हुँदा ६० वर्षीय वृद्धकाे ज्यान गयो
गुल्मी, वैशाख १२ – धुर्कोट गाउँपालिका–३ हाडहाडे सोमरभोमरमा मंगलबार राति आगलागी हुँदा एक जनाको ज्यान गएको छ ।
-
सेवाग्राहीसँग घुस लिँदै गरेका अधिकृत अख्तियारको फन्दामा
बाँके,वैैशाख ११ – अख्तियार दुरुपयोग अनुसन्धान आयोग शाखा कार्यालय कोहलपुरले सेवाग्राहीसँग घुस लिँदै गरेका नेपालगञ्जबाट फार्मेसी अधिकृतलाई रंगेहात पक्राउ गरेको छ ।
-
गुण्डा नाइके रिगललाई सर्वस्वसहित जन्मकैद
बाँके, वैशाख ११ – नेपालगञ्जमा गुण्डा नाइकेको रुपमा परिचित रिगल ढकाल भनिने योग ढकाललाई कर्तव्य ज्यान मुद्दामा बाँके जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको छ ।
-
गोरखा भूकम्पको ३ वर्ष पूरा, झण्डै ५ सय परकम्प
काठमाडाैं, वैशाख १२ – गोरखा भूकम्पको आज ३ वर्ष पूरा भएको छ । २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको थियो ।
- एभिसी भलिबल : नेपालले आज तुर्कमेनिस्तानसँग खेल्दै
- भूकम्पले ढालेका सम्पदा उठाउन किन ढिलाई ?
- घरमा आगलागी हुँदा ६० वर्षीय वृद्धकाे ज्यान गयो
- च्याम्पियन्स लिगमा सलाहको जादू, लिभरपुलकाे शानदार जित
- आईपीएल : हैदराबादले मुम्बइलाई हरायो
- ‘काँग्रेसभित्र वैचारिक र सैद्धान्तिक बहस अावश्यक’
- सेवाग्राहीसँग घुस लिँदै गरेका अधिकृत अख्तियारको फन्दामा
- कर्णालीका सांसदले भने : नीति तथा कार्यक्रम स्वागतयोग्य छ, कार्यान्वयनमा जोड दिउँ
- एकताबाट कोही भाग्नु हुँदैन : रक्षामन्त्री पोखरेल
प्रतिक्रिया दिनुहोस