MENU

मनोरञ्जन

Ncell Axiata
USAID

दिदीको झल्को दिँदै दीपाश्रीकी बहिनी रानुले गाइन् गीत

काठमाडौं, वैशाख ८ – दीपाश्री निरौला एक कलाकार मात्र नभएर निर्देशक पनि हुन् । निर्देशन गरेको पहिलो सिनेमाबाटै उनी स्थापित भइन् । दीपाश्री कलाकारितामा आएको २५ वर्ष भन्दा धेरै भइसकेको छ । दीपाश्रीको त्यही पथलाई पछ्याउँदै उनकी बहिनी रानु निरौलाले पनि कलाकारितामा प्रवेश गरेकी छिन् । रानुले गायिकाको रुपमा कलाकारितामा प्रवेश गरेकी हुन् । ‘ब्रेक फेल’ बोलको गीत गाएर उनले आफूमा भएको गायन कलालाई प्रस्फुटन गरेकी छिन् । 

रानुले पहिलो गीतको अडियोबाटै निकै लोकप्रियता बटुलीरहेकी  छिन् । १३ अप्रिलमा युट्युबमा रिलिज गरिएको उनको गीतको अडियोलाई दर्शकले निकै रुचाएका छन् । पहिलो गीत रिलिज भएको छोटो समयमै उनले विभिन्न कार्यक्रमहरुमा प्रस्तुती दिने अवसर पनि पाइसकेकी छिन् । 

उनलाई अहिले एक पछि अर्को कार्यक्रमको अफरहरु आइरहेको छ । केही दिन अघि मात्रै उनले काठमाडौंको बालाजुमा सम्पन्न एक कन्सर्टमा प्रस्तुती दिइसकेकी छिन् भने हाल उनी  दुवईमा हुने एक सांगीतिक कार्यक्रमको तयारीमा जुटेकी छिन् । हुन त रानुले टेलिसियिरल ‘तीतो सत्य’मा पनि काम गरिसकेकी थिइन् । तर त्यस सिरियलमा उनको अनुहार नै देखाईँदैन्थ्यो । यही कारण उनले त्यस बखत आफूलाई चिनाउने अवसर पाइनन् । तर अहिले आएर गायिकाको रुपमा उनले आफूलाई चिनाएकी छिन् । 

रानुले परिवारको सुझाव र सल्लाह अनुसार नै गीत गाएकी हुन् । गीत गाउनु भन्दा पहिले गरौँ की नगरौँ ! भनेर आफूलाई सोधेको र आफूले हुन्छ भनेर अनुमती दिएको दीपाश्रीले जानकारी दिइन् । रानु अहिले अन्य गीतहरुको तयारीमा पनि जुटेकी छिन् । 

सानैदेखि गायनमा रुची राख्ने उनी आफन्तहरुको विवाह, पूजा, भोज, भतेरहरुमा लोकगीत र भजनहरु गाएर सबैलाई नचाउँथिन् । उनको समयमा घरतिर गायनमा उनलाई कसैले पनि हराउन सक्दैनथ्यो । तर २०५४ सालमा विवाह गरेर उनी वैवाहिक जीवनमै रमाउन थालिन् । उनका एक छोरा र एक छाेरी छन् । 

दीपाश्री र रानुको उमेरमा तीन वर्षको अन्तर छ । यी दुईको आवाज र अनुहार झण्डै उस्तै छ । रानुले गाएको गीतमा पनि दर्शकले कता कता दीपाश्री लाई पाएको अनुभव गरिरहेको प्रतिक्रिया दिएका छन् । दीपा श्रीले पनि सिनेमा ‘छक्का पञ्जा’मा समावेश ‘देखन चम्पा’मा आवाज दिएकी छिन् । 

उज्यालो र forseenetwork.com को सहकार्य

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया