MENU

समाज

Ncell Axiata

बाढीले जलविद्युत आयोजनाको कुलो बगायो, साढे पाँच सय घर अन्धकारमा

तेह्रथुम, बैशाख ८ –  वर्षासँगै आएको बाढीले लघु जलविद्युत आयोजनाको कुलो बगाएपछि तेह्रथुमको खाम्लालुङ र सम्दुका साढे पाँच सय घरधुरी अन्धकारमा बस्न बाध्य भएका छन् । 

बुधबार बेलुका परेको पानीले यहाँको २२ किलो वाट क्षमताको अमलेबेँसी लघुजलविद्युत आयोजनाको एक सय मिटर कुलो बगाएको आयोजनाका अध्यक्ष गोपी ढुंगानाले बताउनुभयो । यस्तै १७ किलो वाट क्षमताको फलामसाँघु लघु जलविद्युत र २९ किलो वाट क्षमताको कोया खोला तेस्रो लघु जलविद्युत आयोजनाको समेत कुलो बगाएपछि विद्यतु उत्पादन ठप्प भएको छ । 

केन्द्रीय प्रशारण लाइन नपुगेको र जलविद्युत आयोजनाको समेत उत्पादन ठप्प भएपछि खाम्लालुङ र सम्दुका साढे पाँच सय घरधुरी दुई दिनदेखि अन्धकारमा बस्न बाध्य भएका छन् । त्यस्तै बाढीले खुङ्ग्रिङ खोला आसपास सडक भत्काएपछि सडक अवरुद्ध बनेको छ ।  

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • ‛मेट्रो पनि चलेछ, मोनोरेल नि गुडेछ, चढी आयौं ठमठम′

    काठमाडौं, कात्तिक १ – हरेक वर्षजस्तै यसपटकको तिहारमा पनि सिस्नुपानी नेपालले हाँस्यव्यंग्य देउसी कार्यक्रम गरेको छ । बुधबार साँझ प्रज्ञा भवन कमलादीमा सिस्नुपानी नेपालका कलाकारहरुले देउसी कार्यक्रम गरेका हुन् ।

  • ​डाक्टर केसीले अनसन तोडे

    काठमाडौं, कात्तिक १ – सरकारले अध्यादेशबाट चिकित्सा शिक्षा विधेयक ल्याउने प्रतिबद्धता जनाएपछि १४ दिनदेखिको अनसन डा.गोविन्द केसीले बुधबार तोड्नु भएको छ ।

  • ​नेपाल र जोर्डनबिच श्रम सम्झौता

    काठमाडौं, कात्तिक १- नेपाल र जोर्डनबिच श्रम सम्झौता भएको छ । बुधबार जोर्डनको श्रम मन्त्रालयमा श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मन्सुर र जोर्डनका समकक्षी डा अलि अल गेजाविले सम्झौतामा हस्ताक्षर गर्नु भएको हो ।

  • ​माटोको गुणस्तर खस्किएकोले पाला कम बने

    काठमाडाैं, कात्तिक १ – बालकृष्ण प्रधानले पालाको व्यापार गर्न थालेको १२ वर्ष भयो तर यो वर्ष पालाको व्यापार कम भएको देख्दा उहाँलाई सोचेको जस्तो आम्दानी नहोला कि भन्ने लागेको छ ।

  • ​मखमलीमय गुण्डू

    काठमाडौं, कात्तिक १ – कात्तिक महिना, खेतमा लहलह धान झुल्ने र बारी तोरी फुल्ने समय हो । तर गएका केही वर्षदेखि धान र तोरीलाई मखमलीले विस्थापित गरिदिएको छ । गुण्डूका खेतमा मखमली फुल फूलिरहेका छन् । खेत र बारीका कान्लामा ढकमक्क मखमली फुलेका छन् ।

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया