MENU

समाज

Ncell Axiata
USAID

मतदान गर्न भारतबाट घर फर्कनेकोे लर्को

बाजुरा, वैशाख ८ – बूढीगंगा नगरपालिका– १० का खम्म सार्की स्थानीय तहको चुनाव हुने भएपछि भारतबाट घर फर्किनुभएको छ । उहाँ आठ वर्षपछि घर फर्किनुभएको हो । 

स्थानीय तहको चुनावमा मत हाल्न सार्की दुई महिनाको बिदा लिएर भारतको दिल्लीबाट आउनुभएको हो । स्थानीय तहको चुनाव महत्वपूर्ण भएको उहाँको भनाइ छ । 

यस्तै छेडेदह गाउँपालिका– १ का धनसिंह रोकाया तीन महिना अगाडि मजदुरी गर्न भारत गएपनि एक हप्ता अघि घर फर्किनुभएको छ । रोकाया पनि स्थानीय तहको निर्वाचनका लागि घर फिर्ता हुनुभएको हो । ‘वडामा उम्मेद्वारी दिने योजना बनाएर घर फर्केको हुँ,’ रोकायाले भन्नुभयो । लामो समयपछि स्थानीय तहको चुनाव हुन लागेकाले चौकीदारी काम छोडेर आएको रोकाया बताउनुहुन्छ । 

ब्रह्मतोलाका गणेश रौले पाँच महिनादेखि चौकीदारी गर्न भारतको राजधानी नयाँ दिल्ली जानुभएको हो । उहाँ स्थानीय तहको चुनावमा आफ्नो वडामा अध्यक्ष पदमा उम्मेद्वारी दिने भन्दै घर फर्किनुभएको छ । ‘मसँगै धरै नेपाली चुनावका लागि घर फर्किका छन्’ रौलेले भन्नुभयो । 

बेतालमाडाँैस्थित बसको टिकट काउन्टरका खड्कराज जोशी भारतबाट दैनिक चार÷पाँच सयको संख्यामा नेपाली नागरिक घर फर्किन थालेको बताउनुहुन्छ । ‘बसमा दसैंमा जस्तै घर फर्किनेको चाप देखिन्छ’ उहाँले भन्नुभयो । अधिकांशलाई चुनाव लागेको छ । भारतका विभिन्न शहरमा मजदुरी गर्दै आएका यहाँका बासिन्दा घर फर्किने क्रम बढेको छ । – रासस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Foreign Employment
Job Vacancy
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया