MENU

अर्थ

Ncell Axiata

नेपालमा उत्पादित वस्तुलाई अमेरिकामा भन्सार छुट

काठमाडौं, वैशाख ८ – नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले नेपालमा उत्पादन भएका वस्तु अमेरिकामा निर्यात गर्दा भन्सार छुट दिन आग्रह गर्नुभएको छ ।  

शुक्रबार काठमाडौंमा आयोजित नेपाल व्यापार ग्राहता सम्बन्धी छलफल कार्यक्रममा उहाँले अमेरिका नेपालको दोस्रो ठूलो निर्यातकार देश भएको भन्दै भन्सार छुटका लागि आग्रह गर्नुभएको हो । म्याक्स ट्रेड अमेरिकाले आयोजना गरेको कार्यक्रममा राणाले नेपाललाई प्राविधक पक्षमा सहयोग गर्न पनि आग्रह गर्नुभयो । कार्यक्रममा सहभागीहरुले नेपालकै कच्चा पदार्थलाई प्रयोग गरेर सामग्री उत्पादन  गर्न सकिने पनि बताए । कोल्पा एण्ड कोल्पाका लगानिकर्ता रवी मल्लले नेपाली कच्चा पदार्थबाट सामग्री उत्पादन गर्न सके फाईदा हुने बताउनुभयो । 

नेपालबाट अमेरिका निर्यात हुने निश्चित वस्तुहरुमा अमेरिकाले भन्सार छुट दिँदै आएको छ । नेपालका निश्चित वस्तुहरुलाई भन्सार छुट गर्दै अमेरिकामा निर्यात गरी नेपालको आर्थिक विकासको प्रवद्र्धन गर्न सकिने म्याक्स ट्रेड अमेरिकाले जनाएको छ । सन् २०१६ फेब्रुअरीमा  अमेरिकी कंगे्रसद्वारा पारित भएको व्यापार सहजीकरण तथा व्यापार कार्यान्वयन ऐनले नेपालमा बनेका निश्चित वस्तुलाई डिसेम्बर ३१, २०२५ सम्मका लागि भन्सार छुट प्रदान गरेको छ । 

गलैंचा, सल, स्कार्फ, लगेज सामग्री, हाते झोला, हेन्डव्याण्ड, कम्बल, टोपी, पञ्जा लगायतका वस्तुमा भन्सार छुट गरिएको थियो । जनरलाइज्ड सिस्टम अफ प्रिफरेन्स (जीएसपी) अन्तर्गत यी उत्पादमा छुट दिईएको थियो । पछिल्लो समय अमेरिकाले ६६ वस्तुलाई भन्सार छुट सहितको बजार पहुँच दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया