MENU

राजनीति

Ncell Axiata
chhaka panja

मेयर पदका आकांक्षी भट्टमाथि कुटपिट

वैशाख , बैतडी ८ – बैतडीको मेलौली नगरपालिकामा नेपाली कांग्रेसबाट मेयर पदका आकांक्षी इश्वरदत्त भट्टमाथि बिहीबार राति कुटपीट भएको छ । गोठलापानीमा रहेको स्टार गेष्ट हाउसमा भट्टमाथि कुटपिट भएको नेपाली कांग्रेस बैतडीका कोषाध्यक्ष रमेश पाण्डेयले जानकारी दिनुभयो । 

कुटपिटबाट भट्टको देब्रे घुँडाको पांग्रा फुटको जिल्ला अस्पातल बैतडीले जनाएको छ । भट्टलाई थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको जिल्ला अस्पताल बैतडीका डा. प्रनाम जैरुले जानकारी दिनुभयो । भट्टमाथि कुटपिट गरेको आरोपमा शिवनाथ गाउँपालिकाका धिरेन्द्र चन्द र वीरेन्द्र चन्दलाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ परेका दुबै जनामाथि अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक हेरम्ब शर्माले जानकारी दिनुभयो । भट्टमाथि भएको कुटपिटको नेपाली कांग्रेस जिल्ला कार्यसमिति बैतडीले घोर भत्र्सना गरेको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
western union
nepali women
पछिल्ला समाचारहरु

सोसल मिडिया