MENU

समाज

Ncell Axiata
chhaka panja

हर्न बजाउने १७ सयभन्दा बढी गाडी कारबाहीमा

काठमाडौं, वैशाख ८ – सरकारले गएको बैशाख १ गतेदेखि लागू गरेको हर्न निषेध अभियानको पहिलो एक हप्तामा १७ सय भन्दा बढी गाडी कारबाहीमा परेका छन् । कारवाहीबाट एक लाख भन्दा बढी राजस्व संकलन भएको छ । 

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार बैशाख २ गतेदेखि ७ गतेसम्म १७ सय १७ जना हर्न बजाएको अभियोगमा कारबाहीमा परेका छन् । कारबाहीबाट १ लाख २० हजार ४ सय ७९ रुपैयाँ राजस्व उठेको महाशाखाले जनाएको छ ।

कारबाहीमा परेकालाई अहिले ५ सय रुपैयाँ जरिवाना तिराउने गरिएको छ । महाशाखाका अनुसार अभियानको पहिलो दिन हर्न बजाउनेलाई सम्झाई बुझाई छोडे पनि २ गतेदेखि भने कारबाही गर्न थालिएको हो । महाशाखाका प्रहरी नायव महानिरीक्षक मिङमार लामाले हर्न निषेध अभियान लागु गरिएपछि काठमाडौं उपत्यकामा हर्नको आवाजमा ९५ प्रतिशत कमी आएको दाबी गर्नुभयो ।

हर्न निषेध अभियानपछि महाशाखाले सडकमा जथाभावी हिँड्ने तथा जथाभावी बाटो काट्ने पैदल यात्रुलाई पनि कडाइका साथ कारबाहीको गरेको छ । जेठको पहिलो हप्तादेखि सडकमा जथाभावी हिड्ने तथा बाटो काट्नेलाई २ सय रुपैयाँ जरिवाना वा जरिवाना तिर्न नसकेको खण्डमा केहिबेर नियन्त्रणमा राखिने महाशाखाका प्रहरी नायब महानिरीक्षक लामाले बताउनुभयो । सरकारले अत्यावश्यक बाहेकका अवस्थामा हर्न नबजाउन आग्रह गर्दै बैशाख १ गतेदेखि हर्न निषेध अभियान लागू गरेको हो । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
western union
nepali women
पछिल्ला समाचारहरु

सोसल मिडिया