MENU

अर्थ

Ncell Axiata
USAID

उपभोक्ता लाइनमा, आयल निगम भन्छ – तेलको अभाव छैन

काठमाडौं, वैशाख ८ – काठमाडौंमा एक साता देखि पेट्रोलको अभाव देखिएको छ । कतिपय पेट्रोल पम्पमा पेट्रोल छैन भन्ने बोर्ड झुण्ड्याएको छ भने पेट्रोल वितरण गरिएका पेट्रोल पम्पहरुमा उपभोक्ताको लाइन छ । तर आयल निगमले भने पेट्रोलको अभाव नभएको बताएको छ ।

आयल निगमले दैनिक पाँच लाख लिटर पेट्रल वितरण गरेको बताएको छ । दैनिक पाँच लाख लिटर तेल वितरण भएपनि अहिले बजारमा देखिएको इन्धनको अभाव भने घटेको छैन । 

स्थानीय तहको चुनाव र मधेसवादी दलले तराई आन्दोलन गर्ने घोषण गरेपछि तेल अभावको अफवाह फैलाएको आयल निगमले बताएको छ । आयल निगमले दैनिक माग भए बमोजिमको तेल बजारमा पठाएको जानकारी दिएको छ । तेल अभाव भएको भन्ने भ्रामक हल्लाको पछाडी नलाग्न उपभोक्तालाई आयल निगमले आग्रह गरेको छ ।

विहीबार भारतका विभिन्न स्थानमा इन्धन भर्न पुगेका ३ सय ४९ वटा ट्रयांकर पेट्रोलियम पदार्थ भरेर फर्किसकेको आयल निगमले बताएको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Foreign Employment
Job Vacancy
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया