MENU

समाज

Ncell Axiata
USAID

९ महिने बच्चासहित महिला बेपत्ता, आफन्त चिन्तामा

काठमाडौं, वैशाख ८ – दोलखा घर भएकी दिक्षा पोखरेल न्यौपाने चैत २९ गतेदेखि बेपत्ता हुनुभएको छ  । भक्तपुरको कटुन्जेमा डेरा गरी बस्दै आएकी दिक्षा घरवेटीलाई कपन दाइको घरमा जान्छु भन्दै हिँडेको तर अहिलेसम्म सम्पर्कमा नआएको उहाँकी आमाजु सीता न्यौपानेले जानकारी दिनुभयो । हराएकी भनिएकी दिक्षाको साथमा नौ महिनाको छोरी पनि रहेको न्यौपानेले बताउनुभयो । विभिन्न ठाउँमा खोजी गर्दा पनि भेटाउन नसकिएको भन्दै उहाँले खोजीका लागि सहयोग गरिदिन आग्रह गर्नुभएको छ । खोजीका लागि प्रहरीमा पनि उजुरी गरेको तर आजसम्म कतैबाट पनि कुनै सूचना पाउन नसक्दा आफूहरुलाई चिन्ता थपिएको उहाँले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Foreign Employment
Job Vacancy
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया