MENU

खेल

Ncell Axiata
sagun

​रियल र एथ्लेटिको मड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा नै खेल्ने

काठमाडौं, वैशाख ८ – च्याम्पियन्स लिगको सेमिफाइनलमा स्पेनिस क्लव रियल मड्रिड र एथ्लेटिको मड्रिडले खेल्ने भएका छन् । शुक्रबार भएको ड्र अनुसार यी दुई टिमको भेट सेमिफाइनलमा भएको हो ।यी दुईबिचको पहिलो लेग मे २ मा र दोश्रो लेग मे १० मा हुनेछ ।रियल मड्रिड बायर्न म्युनिखलाई तथा एथ्लेटिको मड्रिड प्रिमियर लिगको डिफेन्डिङ च्याम्पियन लेस्टर सिटीलाई हराउँदै सेमिफाइनलमा पुगेका हुन् । 

अर्को सेमिफाइनलमा मोनाकोले युभेन्टससँग खेल्ने छ । यी दुईबिचको पहिले लेग मे ३ मा र दोश्रो लेग मे ९ मा हुने छ । यी दुईबिच यसअघि सन् १९९७–९८ को च्याम्पियन्स लिगको सेमिफाइनलमा भेट भएको थियो ।

त्यतिबेला युभेन्टस समग्रमा ६–४ ले विजयी भएको थियो । युभेन्टस बार्सिलोनालाई तथा मोनाको बोरुसिया डर्टमुन्डलाई हराउँदै सेमिफाइनलमा पुगेका हुन् । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया