MENU

राजनीति

Ncell Axiata
NIC Asia

सरकार र मधेसी मोर्चा सहमति नजिक

काठमाडौं, वैशाख ८ – सत्तारुढ दल र मधेसी मोर्चाबिच संविधान संशोधन प्रस्ताव र स्थानीय तहको चुनावका बारेमा सकरात्मक छलफल भएको छ । शुक्रबार दिनभरजसो बालुवाटारमा भएका छलफलमा सत्तारुढ दल र मोर्चा सहमतिको नजिक पुगेका हुन् । मधेसी मोर्चाले सरकारले संविधान संशोधन गर्ने प्रतिबद्धता जनाए आफूहरु चुनावमा सहभागी हुने बताएपछि सत्तारुढ दलहरु नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र राप्रपाका नेताहरुले संविधान संशोधनका बुँदाहरुमा छलफल गरेका छन् ।  संशोधनका केहि बुँदामा मोर्चासँग सामान्य सहमति भएको र शनिबार दिउँसो २ बजे फेरि बैठक बसेर सहमति गरिने कांग्रेस नेता रामचन्द्र पौडेलले जानकारी दिनुभयो । 

मोर्चाकै माग अनुसार संधिवानको धारा २ सय ७४ लाई संशोधन गरिने स्थानीय तहको संख्या बढाउने विषयमा सकरात्मक छलफल भएको पौडेलले बताउनुभयो ।  बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा मधेस केन्द्रित दलका नेताहरुले सरकारले ल्याएको संविधान संशोधन विधेयक परिमार्जन भएमा चुनावमा सहभागी हुने संकेत गरेका थिए । बैठकपछि पत्रकारसँग कुरा गर्दै नेता लक्ष्मणलाल कर्णले सरकारले परिमार्जन सहित संशोधन गर्ने प्रतिबद्धता जनाए आफूहरु चुनावमा सहभागी हुने बताउनुभयो । 

वैठकमा प्रधानमन्त्री पुसष्पकमल दाहालले संशोधन विधेयकमा सहमतिमा गरेर वैशाख ३१ गते हुने चुनावमा सहभागी हुन आह्वान गर्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया