MENU

समाज

Ncell Axiata

विप्लवका कार्यकर्ताद्वारा गाउँपालिकाका कर्मचारी दुईघण्टा नियन्त्रणमा

उदयपुर, बैशाख ८ – विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकर्ताले स्थानीय तहका कर्मचारीलाई दुई घण्टा नियन्त्रणमा लिएका छन् । उदयपुरगढी गाउँपालिका–६ का प्राविधिक सहायक उद्धब ढुगांनालाई दुई घण्टा नियन्त्रणमा लिइएको हो । 

सम्र्पक कार्यालय त्रियुगा नगरपालिका–११ मा काम गरिरहेको अवस्थामा नेकपाका कार्यकर्ताहरुले जबरजस्ती नियन्त्रणमा लिएको उदयपुर प्रहरीले जनाएको छ । कार्यालयबाटै पार्टीका कार्याकर्ताले नियन्त्रणमा लिएपछि प्राविधिक सहायक ढुगांनालाई प्रहरीले खोजतलास गरेको थियो । ढुगांनाको खोजीमा व्यापक प्रहरी परिचालन पछि त्रियुगा नगरपालिका–११ संगमटोल स्थित नेकपा पार्टीको कार्यालयबाट नियन्त्रण मुक्त गरिएको हो । 

तीन जनाको समूहमा आएका नेकपाका कार्यकर्ताहरुले ढुंगानालाई शुक्रबार दिउँसो १ बजे पेस्तोल देखाएर कार्यालयबाटै कार्यालयको स १ ब ५८४ नम्बरको मोटरसाइकलसँगै नियन्त्रणमा लिएका थिए । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया