MENU

बातावरण-कृषि

Ncell Axiata
USAID

पृथ्वी दिवसः वातावरणीय र जलवायु शिक्षामा जोड

काठमाडौं, वैशाख ९ – वातावरणीय र जलवायु शिक्षालाई जोड दिँदै शनिबार पृथ्वी दिवस मनाइँदैछ । पृथ्वीको संरक्षण र वातावरण जोगाउन जोड दिँदै हरेक अप्रिल २२ तारिखमा पृथ्वी दिवस मनाइन्छ ।  

यस वर्षको दिवसको नारा ‘वातावरणीय र जलवायु शिक्षा’ तय गरिएको छ । सन् २००९ मा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल २२ तारिखलाई पृथ्वी दिवसका रुपमा मनाउने निर्णय गरेको हो । शिक्षा नै प्रगतिको जग भएको र विश्वका नागरिकलाई जलवायु परिवर्तन र यसले पृथ्वीमा निम्त्याउन सक्ने खतराबारे शिक्षित बनाउनु जरुरी रहेकोमा राष्ट्रसंघले जोड दिएको छ । वातावरणीय र जलवायु शिक्षा, नीति निर्माणका लागि इन्जिन मात्र नभइ हरित प्रविधि तथा रोजगारी श्रृजनालाई गति दिन पनि आवश्यक रहेको राष्ट्रसंघले  जनाएको छ ।

नेपालमा पछिल्लो समय अव्यवस्थित शहरीकरण, खोलाजन्य वस्तुको उत्खनन, वनविनास तथा वातावरणमैत्री दीगो विकास निर्माणका काम नहुँदा वातावरणमा ह्रास आएको छ ।

पछिल्लो समय काठमाडौंमा भइरहेको सडक विस्तार तथा मेलम्ची खानेपानी आयोजनाको पाइप बिच्छाउन सडक खनिदाँ वायु प्रदूषण उच्च भएको छ । वायु प्रदूषणकै कारण श्वासप्रश्वाससम्बन्धी रोगका बिरामी बढेका डाक्टरहरुले बताएका छन् । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • मरेका १८ वटा बाख्रा नियन्त्रणमा, व्यवसायी पक्राउ

    काठमाडौं, असार १२ – काठमाडौं उपत्यकामा मरेका १८ वटा बाख्रा भित्र्याउँदै गरेको अवस्थामा थानकोट चेकपोष्टस्थित पशुपछी विकास मन्त्रालयको क्वारेन्टाइनका कर्मचारीले नियन्त्रणमा लिएका छन् ।

  • ५ तस्बिरमा हेर्नुहोस् खोटाङमा ५ दिन अघि नै धान दिवस

    खोटाङ, असार १० – खोटाङमा पाँच दिन अगावै राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइएको छ ।

  • तरकारी खेतीले आत्मनिर्भर बनायो

    डीबी विष्ट/उज्यालो । बझाङ, असार १० – केही वर्षअघि छोराछोरी बिरामी हुदाँ चार पाँच सय ऋण निकालेर अस्पताल हिँडेको सम्झना गर्ने थलारा गाउँपालिका पिखेतकी शिवजला थापा अहिले तरकारी खेतीबाट आत्म निर्भर हुनुभएको छ ।

  • रसुवामा २० हजार अलैचीको बिरुवामा वितरण गरिँदै

    रसुवा, असार ९ – रसुवामा २० हजार अलैचीको बिरुवा वितरण सुरु भएको छ । जिल्ला कृषि विकास कार्यालय रसुवाले कृषि राहत कार्यक्रम अन्तर्गत अलैची, कागती, सुन्तला र अम्बाको बिरुवा वितरण गर्न कार्य सुरु गरेको हो ।

  • सरकारी रकमको दुरुपयोग : ९ किलोको बोकाको कानमा १८ किलोको ट्याग !

    जिल्ला पशु सेवा कार्यालय रामेछापले सरकारी अनुदानको रकम दुरुपयोग गरेको छ । सरकारी नियमअनुसार व्यावसायिक वाख्रापालक कृषकले १६ देखि १८ किलो तौलको बोका अनिवार्य खरिद गरी कार्यालयमा पेश गर्नु पर्ने र त्यही आधारमा प्रति कृषक १५ हजार रुपैयाँ नगद भुक्तानी गर्ने निर्णय भएको थियो ।

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया