MENU

साहित्य/ कला

व्यंग्य कविता : आजको अन्दोलन

                                 आजको अन्दोलन

                                                                                       

                                                                                                - डा. बमबहादुर जिताली

गोली ताकेर हानिन्छ , मारिन्छ किन गौतम ?
बुद्धको भूमि हो मेरो शान्तिको मन्त्र–उद्गम ।
जनताको सुरक्षा खै ? सुरक्षा देशको कता 
भुँडी सुधारमा नेता लाग्ने भए जतातता ।

सरकार नबोलेको डरले कि वा किन ?
दरकार नठानेको मन्त्रीले किन होृ किन !
पुर्खाको घरबारीमा रजाइँ स्यालको भयो
नेपाली पसिना आज विदेशी हातमा गयो ।

नेताका भरमा कत्ति लिएन देशले गति 
नेपाली जुर्मुराए पो ! हुन्छ देश समुन्नति ।
विनामियो भयो दाइँ बोका भए बरालिने
गोरु बाँधेर गोठैमा साँढे भए छिरालिने ।

साँढेको झगडा पर्दा तराई थर्कमान छ 
सिंगौरी खेलले गर्दा घाइते वर्तमान छ ।
विनाकर्तव्य बाँचेको अधिकार कहाँ छ र 
कर्तव्यको घुरीमाथि एकता हुन्छ सुन्दर !

राजनीति भयो आज आफन्त प्रतिशोधमा
भाँडभैलो गराएर गए नेता विरोधमा ।
उन्नति देशको हुन्न शान्तिको गतिरोधमा
हुँदैन राष्ट्रको रक्षा विनादायित्व–बोधमा ।

मर्दैन चाहना मेरो सचेतना जगाउने
मर्दैन कल्पना मेरो शान्तिको गीत गाउने ।
पौरखी कर्मले मेरो माटालाई सिंगार्छु म
देशको कुभलो गर्ने पापीलाई पछार्छ म ।

म लेख्छु वीरको गाथा , कविता वीर भावका
म देख्छु धीरका आँखा रातो–दिन अभावका ।
अभाव भावको बोट जरैबाट निखार्छु म
बिपन्न धार उध्याई सम्पन्नता तिखार्छु म ।

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • एक सर्को माया

    जसरी मेरी छोरी सकुन्तला खेलिरहेकी छे, त्यसरी नै खेल्न पाउने अधिकार तेरो पेटको बच्चाले पनि पाउनुपर्च । दुइटी स्वास्नी त बाहुनहरूले पनि ल्याएका छन् नि ! फरक यत्ति न हो, तँ बाहुनी हैनस् ।

  • ​साहित्य यात्रा सगरमाथा सँगसँगै : सगरमाथा हेर्दै रचना वाचन

    ओखलढुंगा, चैत २९– नयाँ वर्षको पूर्व सन्ध्यामा नयाँ वर्ष मनाउनेहरुका विभिन्न कार्यक्रमका सूची तयारी भैसके । घुमफिर, भेटघाट, वनभोज, सांस्कृतिक कार्यक्रमको आयोजनाजस्ता कार्यक्रममा नेपालीहरु व्यस्त हुन्छन् ।

  • प्याकुरेलको कथा सङ्ग्रह ‘झुल्या कागत’ विमोचन

    काठमाडौं चैत २५ – कथाकार प्रमोद प्याकुरेलको पहिलो कथा सङ्ग्रह ‘झुल्याकागत’ विमोचन भएको छ ।

  • राजा सिद्धीनरसिंह मल्लले लेखेका गीतको एल्बम सार्वजनिक

    काठमाडौं, चैत २४ – राजा सिद्धीनरसिंह मल्लले लेखेका ३६ वटा गीत संग्रहित गीति एल्बमको शनिबार लोकार्पण गरिएको छ ।

  • कुहिराे

    मैले लगाएको चोट खप्न नसकेर आमा मैलो मजेत्रोले अाँसु पुछ्नुहुन्थ्यो । क्षयरोग सर्ने डरले व्यथा किटान भएदेखि नै आमाका लुगाहरूसम्म कसैले धुने आँट गरेनन् । सानै उमेरदेखि मेरो स्वभाव एकलकाटे थियो । साथीहरू कोहीसँग पनि घनिष्ट सम्बन्ध बनाउन सकिनँ मैले । मैले भनेको कुरामा साथीहरू असहमत हुँदा पटक पटक सिँगौरी खेलेको छु मैले ।

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया