MENU

साहित्य/ कला

Ncell Axiata
USAID

मेरी शंकरकी पारिजात

कविता

             - प्रज्वल पराजुली

मेरो सुर्योदय,
तिम्रो आवाजसंगै हुन्छ
र अस्त
तिम्रो यादले ।

तिमी आमा जस्तै बोल्छौ,
तिमी दिदी जस्तै बोल्छौ 
कान हुँदै तिम्रा शब्दहरूले मन सुम्सुम्याएर जान्छन ।

तिमीले 'शिरिषको फूल' को भूमिका पढ्यौ ?
झण्डै झण्डै प्रेयसी,
झण्डै झण्डै बहिनी 
तिमी त मेरी शंकर कि पारिजात जस्तै हौ ।

सप्तकोशी मेरो सिरानी भएर बग्छ ।
उर्लिएर आकाश हुँदा होस्
या जमेर बरफ !
हरदम म एउटा समान लय सुन्छु,
तिम्रो आवाज जस्तै ।

खुल्ला जगतबाट खिंचेर
कैद बनाको छु एउटा सुगाँ,
सुगाँले निकाल्ने मधुर लय,
त्यो तिम्रै आवाज कैद गरे झैं लाग्छ !

मैले खोली दिए पिँजडा !

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया