MENU

साहित्य/ कला

विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस मनाईंदै

काठमाडौं, वैशाख १० – विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस आइतबार, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईँदै छ । सन् १९९५ मा फ्रान्सको पेरिसमा भएको संयुक्त राष्ट्रसंघीय शैक्षिक तथा साँस्कृतिक संगठन युनेस्काको महासभाले अप्रिल २३ को दिनलाई विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवसको रुपमा मनाउने घोषणा गरेको थियो ।

त्यसपछि हरेक वर्ष यो दिव मनाउने गरिएको छ । यो वर्ष साक्षरता र युवालाई जोड दिँदै यो दिवस मनाईंदै छ ।  सन् १६१६ मा विश्व साहित्यमा महत्वपूर्ण योगदान गर्ने विलियम्स शेक्सपियर र इनका गार्सिलासो पी ला वेगाको निधन भएको दिनको सम्झनामा हरेक वर्ष विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस मनाउने गरिएको हो । यो दिन विश्व साहित्यमा महत्वपूर्ण दिनको रुपमा लिइन्छ ।

नेपालमा भने केही वर्ष अघिदेखि मात्र यो दिवस मनाउन थालिएको हो । पछिल्ला वर्षहरुमा पुस्तक पढ्ने बानीको विकास हुन थालेको छ । सर्जकको अनुमति बिना नक्कल गर्न, उत्पादन गर्न र बिक्री वितरणमा रोक लगाउने कानूनको रुपमा नेपालमा प्रतिलिपी अधिकार ऐन २०५९, प्रतिलिपी अधिकार नियमावली २०६१ कार्यान्वयनमा छ ।

दिवसले पुस्तकको शक्तिलाई थप प्रकाश पार्ने र पुस्तकको पहुँच सबै क्षेत्र, समुदाय तथा वर्गमा पु¥याउनु पर्नेमा युनेस्कोले जोड दिएको छ । यस्तै पुस्तकले विभिन्न समुदायलाई एकताबद्ध बनाउन सहयोग गर्ने भएकाले यो ज्ञान प्रसारको माध्यम बन्ने युनेस्कोकी इरिना बोकोभाले बताउनुभएको छ । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • एक सर्को माया

    जसरी मेरी छोरी सकुन्तला खेलिरहेकी छे, त्यसरी नै खेल्न पाउने अधिकार तेरो पेटको बच्चाले पनि पाउनुपर्च । दुइटी स्वास्नी त बाहुनहरूले पनि ल्याएका छन् नि ! फरक यत्ति न हो, तँ बाहुनी हैनस् ।

  • ​साहित्य यात्रा सगरमाथा सँगसँगै : सगरमाथा हेर्दै रचना वाचन

    ओखलढुंगा, चैत २९– नयाँ वर्षको पूर्व सन्ध्यामा नयाँ वर्ष मनाउनेहरुका विभिन्न कार्यक्रमका सूची तयारी भैसके । घुमफिर, भेटघाट, वनभोज, सांस्कृतिक कार्यक्रमको आयोजनाजस्ता कार्यक्रममा नेपालीहरु व्यस्त हुन्छन् ।

  • प्याकुरेलको कथा सङ्ग्रह ‘झुल्या कागत’ विमोचन

    काठमाडौं चैत २५ – कथाकार प्रमोद प्याकुरेलको पहिलो कथा सङ्ग्रह ‘झुल्याकागत’ विमोचन भएको छ ।

  • राजा सिद्धीनरसिंह मल्लले लेखेका गीतको एल्बम सार्वजनिक

    काठमाडौं, चैत २४ – राजा सिद्धीनरसिंह मल्लले लेखेका ३६ वटा गीत संग्रहित गीति एल्बमको शनिबार लोकार्पण गरिएको छ ।

  • कुहिराे

    मैले लगाएको चोट खप्न नसकेर आमा मैलो मजेत्रोले अाँसु पुछ्नुहुन्थ्यो । क्षयरोग सर्ने डरले व्यथा किटान भएदेखि नै आमाका लुगाहरूसम्म कसैले धुने आँट गरेनन् । सानै उमेरदेखि मेरो स्वभाव एकलकाटे थियो । साथीहरू कोहीसँग पनि घनिष्ट सम्बन्ध बनाउन सकिनँ मैले । मैले भनेको कुरामा साथीहरू असहमत हुँदा पटक पटक सिँगौरी खेलेको छु मैले ।

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया