MENU

विज्ञान प्रविधि

Ncell Axiata
USAID

आविष्कार केन्द्रले रिसर्च ल्याब खोल्ने

काठमाडौं, वैशाख १० – राष्ट्रिय आविष्कार केन्द्रले अनुसन्धान केन्द्र अर्थात रिसर्च ल्याब खोल्ने भएको छ । तत्कालका लागि सानै भएपनि रिसर्च ल्याब खोल्ने निर्णय गरेर घर खोज्ने काम भइरहेको केन्द्रका प्रमुख महावीर पुनले जानकारी दिनुभयो ।

अहिलेलाई काठमाडौं वा ललितपुरमा खोलिने ल्याबमा इलेक्ट्रिक, इलेक्ट्रोनिक्स र मेकानिकल कामका लागि चाहिने औजार राख्ने र त्यहाँ जोकसैले पनि आवश्यकता अनुसार ती उपकरण चलाउन पाउने उहाँले बताउनुभयो ।

नयाँ कुराको प्रयोग वा आविष्कार गर्न चाहनेका लागि यन्त्र उपकरण उपलब्ध गराउन खुल्ने केन्द्रमा जोसुकैले पनि  ती यन्त्र उपकरणको प्रयोग गर्न सक्नेछन् । केन्द्रले अहिले दुर्गम ठाउँमा औषधी पुर्‍याउन ड्रोन बनाउने तयारी पनि केन्द्रले गरिरहेको छ । साथै विद्युतीय सवारी साधन निर्माणका लागि पनि काम थालिने पुनले जानकारी दिनुभयो ।

ल्याब राख्नका लागि घर खोजिरहेकाले घर भाडामा दिन चाहनेले ९८४१५९२३६१ मा फोन गर्न वा  Email: [email protected] मा इमेल र Skype: mahabir.pun मा स्काइकप कल गर्न सक्ने छन् । केन्द्रका लागि सित्तैमा दिन चाहनेलेपनि सम्पर्क गर्न सक्ने पुनले बताउनुभयो । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • कोलेस्ट्रोल कम गर्ने खोप तयारः मुसामा सफल मानिसमा परीक्षण हुँदै

    असार ८ – वैज्ञानिकले मुटु सम्बन्धी रोगको जोखिम कम गर्ने उद्देश्यले तयार पारिएको कोलेस्ट्रोल कम गर्ने खोपको मानिसमा परीक्षण गरिरहेका छन् । मुसामा गरिएको परीक्षण सफल भएपछि वैज्ञानिकले कोलेस्ट्रोल कम गर्ने खोपको मानिसमा परीक्षण सुरु गरिएको हो ।

  • सस्तोमै आइफोन सेभेन प्लसको जस्तो फिचर भएको वन प्लस फाइभ बजारमा

    वन प्लसले मंगलबार सन् २०१७ को लागि नयाँ फ्लेगशिप स्मार्टफोन वन प्लस फाइभ सार्वजनिक गरेको छ । यसभन्दा अगाडि आएको वन प्लस थ्रि टिकै अपग्रेडेड भर्सनको रुपमै वन प्लस फाइभ आएको कम्पनीले जनाएको छ । वन प्लस सन् २०१३मा स्थापना भएको चिनियाँ स्मार्टफोन निर्माता कम्पनी हो ।

  • ​मुगु र हुम्लामा टेलिफोन र इन्टरनेट अवरुद्ध

    जुम्लाको डाँफेलेकमा राखेको नेपाल टेलिकमको रिपिटर स्टेशनमा समस्या आउँदा मुगु र हुम्लामा टेलिफोन तथा इन्टरनेट सेवा गएको ६ दिनदेखि अवरुद्ध भएको छ ।

  • फेसबुकमा नयाँ फिचर

    असर १ – फेसबुकमा नयाँ फिचर थप भएको छ । अब फेसबुकमा कमेन्ट गर्दा जिआइएफ पिक्चर पनि राख्न मिल्ने भएको छ । महिनौं लामो परीक्षणपछि सामाजिक सञ्जाल फेसबुकले जिआइएफ कमेन्टमा राख्न मिल्ने घोषणा गरेको हो ।

  • वैज्ञानिकले बनाए सधैँ युवा देखिने औषधी, छालाको क्यान्सर पनि रोक्ने

    वैज्ञानिकले घामको किरणका कारण हुने छालाको क्यान्सर रोक्न सक्ने औषधिको विकास गरेका छन् । वैज्ञानिकले छालाको बाहिरी भागमा घामको नकारात्मक किरणलाई रोक्न सक्ने प्राकृतिक तह निर्माण गर्ने औषधि बनाएका हुन् ।

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया