MENU

समाज

Ncell Axiata

पानी र काठको अभावले रामेछापका भूकम्प प्रभावितले घर बनाउन पाएनन्

दीपक भट्ट/उज्यालो । 

रामेछाप, वैशाख १० – भूकम्प गएको दुई वर्ष पुग्नलाग्दा पनि रामेछापका भूकम्प प्रभावितले पानी र काठको अभावका कारण घर बनाउन पाएका छैनन् । खानेपानीकै लागि निकै सास्ती खेप्न बाध्य भएका रामेछापका प्रभावितलाई घर बनाउन थप समस्या भएको हो ।

रामेछापका २ नगरपालिकासहित ४ गाउँपालिकाका २७ वटा वडामा अहिलेसम्म प्रभावितले घर बनाउन सकेका छैनन् । प्रभावितले पहिलो किस्ता बापत ५० हजार रुपैयाँ प्रदान गरेको भएतापनि त्यो रकमले घर निमार्ण गर्न सकेका छैनन् । सरकारले ढिलो गरी अनुदान रकम दिए पनि पानी र काठको अभावले घर निमार्ण गर्न नसकिएको मन्थली नगरपालिका–१ का टेकबहादुर भुजेलले बताउनुभयो ।

जिल्लामा ४१ हजार घर पुनर्निर्माण गर्नु पर्ने र त्यसको लागि ६ लाख क्युफिट काठ आवश्यक पर्ने राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला समन्वय समिति रामेछापले जनाएको छ । जिल्ला भित्रका सामुदायिक वनहरुबाट १ लाख ५० हजार क्युफिट मात्र काठ निकाल्न सकिने र बाँकी रहेको ४ लाख ५० हजार क्युफिट काठ अन्यत्र जिल्लाबाट ल्याउन पर्ने भएकाले पनि प्रभावित नागरिकले समयमा घर निमार्णको काम सुरु गर्न नसकेका हुन् ।

जिल्लामा ४१ हजार घर पुनर्निर्माणका लागि कम्तिमा पनि ३५ हजारदेखि ४० हजार दक्ष जनशक्ति चाहिन्छ । तर अहिले जिल्लामा ९ सय १० जना तालीम प्राप्त दक्ष जनशक्ति मात्र भएकाले पनि समयमा रामेछापमा पूनर्निर्माणको काम सम्पन्न नहुने देखिन्छ । अहिले जिल्लामा ५ सयवटा घर पुनर्निर्माण भइसकेका र ३ हजार १ सय घरहरु निर्माणाधिन अवस्थामा रहेका छन् । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • पहाड उक्लिए टेम्पो, सहज बन्यो यात्रा

    एक वर्ष अघिसम्म जिरिखिम्तीदेखि सदरमुकाम म्याङलुङ्ग आउन ठूला सार्वजनिक यातायात कुर्नुको विकल्प थिएन । चाहेको बेला छोटो दुरीको यात्रा गर्न आफ्नै सवारी साधन हुनुपथ्र्यो कि त पुरै गाडी भाडामा लिनुपथ्र्यो ।

  • दृष्टिविहीनका लागि ‘उज्यालो बजार’ शुरु

    पोखरा, भदौ २ – उज्यालो प्रतिष्ठान नेपालले दृष्टिविहीन तथा अन्य अपाङ्गता भएका व्यक्तिका लागि बिहीबारदेखि पोखराको चिप्लेढुंगास्थित सिद्धार्थ मिनि मार्केटमा उज्यालो बजार शुरु गरेको छ ।

  • सम्पदा पुनर्निर्माणमा जापानको चासो

    काठमाडौं, भदौ २ – जापानले भूकम्पका कारण क्षतिग्रस्त काठमाडौंको हनुमानढोका दरवार र पाटनको देगु तलेजु मन्दिरको पुनर्निर्माणमा बिशेष चासो देखाएको छ ।

  • मेट्रो, सिआइबी, महाशाखा र परिसरमा सरुवा हुन आइजिपीदेखि मन्त्रीसम्मको सोर्स

    प्रहरी अधिकृत सरुवाका लागि शक्ति केन्द्र धाउन थालेका छन् । चुनौतीपूर्ण र आकर्षक मानिने महानगरीय प्रहरी आयुक्तको कार्यालय मेट्रो, केन्द्रीय अनुसन्धान व्यूरो सिआइबी, महानगरीय प्रहरी परिसर काठमाडौं, महानगरीय प्रहरी अपराध महाशाखा टेकुमा सरुवा हुनका लागि शक्ति केन्द्र धाउनेको लर्को नै लाग्ने गरेको छ ।

  • महोत्तरीका बाढीप्रभावित क्षेत्रमा ज्वरो र झाडापखालाका बिरामी बढे

    महोत्तरी, भदौ १ – महोत्तरीका बाढी प्रभावित क्षेत्रमा ज्वरो र झाडापखालाका बिरामी बढेका छन् । बाढी प्रभावित ठाउँमा चलाइएको स्वास्थ्य शिविरमा ज्वरो र झाडापखालाका बिरामी धेरै भेटिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

सबै हेर्नुहोस
Nepali Migrant Women Story
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया