MENU

अन्तर्वार्ता

Ncell Axiata
NIC Asia

फ्रान्स राष्ट्रपतीय चुनावः पहिलो चरणमा म्याकरोन र पेन अघि

वैशाख ११ – फ्रान्सको राष्ट्रपतिय चुनावको पहिलो चरणमा मध्यपन्थी इम्यानुएल म्याकरोन चुनावमा अगाडि रहेको देखाएको छ । यस्तै पूर्व प्रधानमन्त्री फ्रास्वाँ फिलोंलाई पछाडि पार्दै नेशनल फ्रन्टकी मारिन ल पेन दोश्रो स्थानमा रहेको बिबिसीले जनाएको छ । पहिलो र दोस्रो स्थानमा रहेका म्याकरोन र पेनबिच आउँदो मे महिनाको ७ तारिखका दिन दोस्रो चरणको मतदान हुनेछ । पहिलो चरणको मतदानमा म्याकरोनले २३ दशमलव ७  प्रतिशत र पेनले २१ दशमलव ७ प्रतिशत मत पाएको देखाएका छ ।

चुनावी प्रतिस्पर्धामा ११ जना उम्मेद्वार उत्रिएका थिए । सबै उम्मेद्वारले युरोप, आप्रवासन, अर्थतन्त्र तथा फ्रान्सको पहिचानबारे नयाँ दृष्टिकोण पेश गरेका थिए । अलोकप्रियताका कारण वर्तमान राष्ट्रपति फ्रास्वाँ होलान्दले भने उम्मेद्वारी दिनु भएको थिएन । 

 

प्रतिक्रिया दिनुहोस

Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया