MENU

बातावरण-कृषि

Ncell Axiata

अर्ग्यानिक चियाको बजारिकरणमा समस्या

इलाम, वैशाख ११ – इलाममा अर्ग्यानिक चिया उत्पादन वृद्धि भएको छ । अर्ग्यानिक चिया हेर्दा आकर्षित नदेखिनाले निकासीलाई भने समस्या हुन थालेको छ ।

जिल्लाका साँखेजुङमा सञ्चालित हिमालयन साँग्रीला र फिक्कलको गोर्खा टि स्टेटले अर्ग्यानिक चिया उत्पादन गर्दै आएको छ । दुईवटा कारखानाबाट उत्पादित अर्ग्यानिक चिया भारत र जर्मनीमा मात्र निकासि हँुदै आएको छ । पछिल्लो समयमा युरोपमा आर्थिक मन्दि छाएपछि यी कारखानामा उत्पादित अर्ग्यानिक चियाले सोचेजस्तो आम्दानी लिन र निकासी गर्न नसकिरहेको कारखानाहरुले जनाएका छन् ।

अर्ग्यानिक हरियोपत्ति उत्पादन गर्ने किसानको अपेक्षा बढ्नु तथा बजारिकरणको अभावमा कारखाना परेकाले कारखानाले नोक्सान ब्यहोर्नु परीरहेको अर्ग्यानिक तयारी चिया उत्पादन गर्दै आएको हिमालयन साँग्रीला चिया कारखानका मेनेजर आरसि नेपालले बताउनुभयो ।

चियाको बजार पछिल्लो समयमा शुन्य हुँदै गएपछि अर्ग्यानिक चिया उत्पादन गर्ने कारखानाहरुले अमेरिका, जापान लगायतका तेस्रो मुलुकहरुमा चिया निकासिका लागि पहल सुरु गरेको नेपालले जानकारी गराउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepali Migrant Women Story
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया