MENU

मनोरञ्जन

Ncell Axiata
sagun

‘नाईँ मलाई था छैन’ गायिका ‘सेल्फीको जमाना’ले हिट !

काठमाडौं, वैशाख ११ – अहिले निकै चर्चामा आएको छ ‘नाई मलाई था छैन’ बोलको गीत । युट्युबमा यो गीतको भिडियोलाई एक महिनामा ६० लाख ९ हजार भन्दा धेरै पटक हेरिएको छ । सबैको मन पर्ने ‘कार्टुन कु्रज’को नृत्य रहेको यो गीतलाई दर्शकको धेरै माया मिलेको छ जसलाई गायिका टिका प्रसाई र गायक सञ्जिव पराजुलीले गाएका छन् । एकनारायण भण्डारीको शब्द र आशिष अबिरलको संगीत रहेको यस गीतको भिडियोलाई यो समाचार तयार पार्दासम्म ६० लाख ९ हजार  भन्दा धेरै पटक हेरिएको छ । यहि गीतकी गायिका टिका प्रसाईँसँग हामीले केही कुराकानी गरेका छौँ ।

गायिका टिका प्रसाईँ संगीतमा काम धेरै तर चर्चा कम भयो भन्दै बेलाबखतमा दुखी हुने गरेकी छिन् । हामीसँगको कुराकानीमा पनि उनले त्यहि दुखको भाव झल्काईन् । हुन त उनले पछिल्लो समय राम्रो सफलता र चर्चा पाएकी छिन् । तर जति पाउनु पर्ने हो त्यति नभएको भन्दै उनले असन्तुष्टि पोखिन् । ५० भन्दा धेरै सिनेमाका गीतहरुमा आवाज दिएकी  उनी १५ वर्षदेखि संगीतमा सक्रिय छिन् । 

रेडियो भित्र मान्छे नदेख्दा पिर पर्यो

बाल्यकाल देखिनै गायनमा रुचि भएकी उनी रेडियो प्रेमी थिइन् । उनलाई रेडियो देखेर अचम्म लाग्थ्यो । रेडियोमा गीत बज्दा कसरी गाएको होला ? हामी मान्छेले यस्तो गीत गाउन सकिन्छ कि सकिँदैन ? लगायतका धेरै प्रश्नहरु उनको मनमा खेल्थे ।

उनी आफ्नो बुवालाई रेडियोमा कसरी गीत बज्छ ? त्यहाँ गीत कसरी गाइन्छ ? लगायतका प्रश्नहरु बारम्बार सोध्ने गर्थिन् । अनि एक दिन घरको रेडियो बिग्रेको समयमा उनका बुवाले मर्मत गर्दै थिए । त्यहि मेसोमा  उनले बुवालाई, खै त ! गीत गाउने मान्छे ? भनेर सोधिछन् ।  यसको जवाफमा उनका बुवाले रेडियोलाई मात्र एक मेसिन भएको बताउँदै त्यसमा मान्छे नहुने बताएछन् ।

त्यसपछि उनमा भएको संगीत प्रतिको रुचि नै हराएछ । घरमा बजेको रेडियोमा नै सबै मान्छेहरु हुन्छन् होला ! भन्ने कल्पना गरेकी टीका रेडियो भित्र मान्छे भन्दा पनि विभिन्न सामानहरु देख्दा अचम्म परिन् र गीत गाउने रहर आफूबाट पूरा नहुने भन्दै निराश भईन् । तर उनलाई बुवाले भनेको कुरामा विश्वास भने लागेको थिएन । बुवाले आफूलाई बच्चा भनेर मजाक गर्नु भएको होला भन्नेमा उनी

विश्वस्त थिइन् । 

बाल्यकाल देखि नै गीत गाउन थालेकी उनी रेडियोमा आउने प्राय गीतहरुलाई एक पटक सुनेपछि टपक्कै टिपेर गाउँथिन् । बाल्यकालमा गीत गाएको सम्झँदै उनले ‘कान्छी हे कान्छी’ गीत अत्यधिक गाउने बताईन् । उनमा संगीत प्रति रुचि भएको कुरा थाहा पाएर नै विद्यालय पनि भर्ना भएदेखि नै शिक्षकहरुले उनलाई गीत गाउन लगाउनु हुन्थ्यो । त्यो बेलामा आफूले जानि नजानी तोते बोलीमा गीत गाएको कुरा अहिले खुशी हुँदै उनले हामीसँग बाँडिन् । 

गायनमा लागेको १५ वर्ष भयो

झापाको तोपगाँछीमा जन्मेकी टीका विस २०६१ सालमा काठमाडौं आएकी हुन् । तर उनले विस २०५८ सालदेखिनै संगीत सिक्न थालेकी थिइन् । १५ वर्षदेखि संगीतमा सक्रिय हुँदा पनि सोचे जस्तो र दुख गरेजस्तो सफलता नमिलेको हो की ! भन्ने प्रश्न बेला बखतमा टिकाको मनमा आउँछ ।

आफूले निरन्तर गीत गाईरहँदा पनि चर्चा कम भएको महसुस उनलाई हुन्छ । पछिल्लो समय उनले गाएको ‘नाई मलाई था छैन’ले बजार तताएको छ । युट्युब च्यानलमा यो गीत अहिले उत्कृष्ट बनेको छ । टिकाका केही गीतहरु पछिल्लो समय युट्युबमा पनि खुबै हिट भएका छन् । ‘ए कान्छी रे’ बोलको गीतलाई ४ लाख ६३ हजार भन्दा धेरै पटक हेरिएको छ । ‘तिमी भन्छौ भने’ बोलको गीतले ३ लाख १८ हजार भन्दा धेरै भ्यूअर्स पाएको छ ।

त्यस्तै उनका उडाई लग्यो, तिमी मलाई मनपर्छ, हातैमा चुरा, परे माया जालईमा, नेपाली चलचित्र ‘बिच बाटो’मा समावेश ‘सेल्फिको जमाना’ लगायतका गीतहरु लोकप्रिय बनेका छन् । टिकालाई  ‘सेल्फीको जमाना’ बोलको गीतले चर्चित हुन सघायो । उनलाई नचिन्नेहरुले पनि यहि गीतबाट चिन्न थालेका हुन् ।  टिकाले संगीतमा लागेर केही अवार्डहरु पनि हात पारेकी छिन् । 

काठमाडौंमा गीत गाउँदा रेडियोमा सुन्थेँ

बिस्तारै समय वित्दै जाँदा काठमाडांैमा गएर गीत गाउँदा रेडियोमा सुनिन्छ भन्ने कुरा उनले थाहा पाइन् । अनि उनले  संगीत सिक्न काठमाडौं जान चाहेको प्रस्ताव परिवारमा राखिन् । एसएलसी सकेपछि उनले कुशेश्वर राईसँग संगीत सिक्न थालिन् ।

उनले बिराटनगरमै संगीतको सारेगम सिकेकी हुन । पछि थप संगीत सिक्नको लागि उनी काठमाडौं आइन् । काठमाडौं आएर टिकाले न्यु बज्राचार्यसँग  संगीत सिक्न थालिन् । उनले त्यहाँ  छात्रवृत्तिमा संगीत पढ्न पाइन् जुन उनको करिअरको शुरुवातमा  निकै नै ठूलो अवसर र उपलब्धी थियो । 

सिनेमाको गीतबाट ब्रेक

टिकाले काठमाडौं आएपछि पहिलो पटक २०६१ सालमा ‘‘पाँच पाण्डब’’ नामक सिनेमामा गीत गाउने मौका पाइन् जसमा उनले राजेश पायल राईसँग गाएकी थिईन् । त्यसपछि पनि उनले फेरि राजेश पायलसँगै ‘‘छोरीको कर्म’’ सिनेमाको एक गीत गाइन् ।  

यो सँगै टिकाले हरि बस्नेतको एल्बममा दुईवटा गीत गाउने मौका पाईन् जसले उनलाई संगीतमा फड्को मार्न केही सघायो । अहिलेसम्म उनले ५० भन्दा धेरै नेपाली चलचित्रका गीतमा आवाज दिइसकेकी छिन् । त्यस्तै एक सय भन्दा धेरै आधुनिक, पप र लोकगीतहरु पनि गाएकी छिन् ।  

गायकसंगै विवाह 

पछिल्लो समय स्टेज कार्यक्रमहरुमा पनि अत्यन्तै व्यस्त रहेकी टिकालाई जीवन साथीको सहयोग र साथ पनि मजाले मिलेको छ । टिकाको गायक लेखराज गुरुङसंग प्रेम बिवाह भएको हो ।

बिवाह पछि एक सन्तानकी आमा बनिसकेकी टिकाले केही गीतहरुमा आफै पनि अभिनय गरेकी छिन् । टिकाले श्रीमान लेखराज गुरुङका केही गीतहरुमा आवाज पनि दिएकी छिन् । 

उज्यालो र forseenetwork.com को सहकार्य

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • ​नेपाल आइडलका सुजाता र सागर सहित युएईमा बृहत्त सांस्कृतिक साँझ

    मंसिर ७ – युएईको आबुधाबीमा नेपाल आइडलका प्रतिस्पर्धी सुजाता पाण्डे र सागर आलेले प्रस्तुती दिने भएका छन । नेपाल मगर संघ युएई शाखाले अयोजना गरेको बृहत्त सांस्कृतिक साँझमा उनीहरुले आफ्नो प्रस्तुती दिने भएका हुन् ।

  • जब बलरामले ‘उडाए’ साथीको गलफ्रेन्ड

    काठमाडौं, मंसिर ७ – आफ्नी पे्रमिकालाई जब कसैले भगाउँछ, कस्तो होला त्यो प्रेमीको मन । हामी सहजै अनुमान लाउन सक्छौं । यस्तै भएको छ, टीका बोम्जनको स्वर र संगीत तथा पवन वाङ लामाको ऐरेन्जमा बनेको गीतको म्युजिक भिडियोमा ।

  • जोे पारिश्रमिकका कारण चर्चामा आए

    अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह पहिलो पटक आर्यन सिग्देलसँग सिनेमा ‘कायरा’ मार्फत सँगै देखिन थालेकी छिन् । आफैले निर्माण गर्न लागेको ‘कायरा’मा आर्यनले साम्राज्ञीलाई लिएका हुन् ।

  • गायक धिरज राईको नयाँ एल्बम ‘लभ बल्याड’ बजारमा

    काठमाडौं, मंसिर ४ – नेपालका माइकल ज्याक्सन भन्ने गरिएका गायक धिरज राईले सोह्रौ एल्बम लब बल्याड सार्वजनिक गर्नुभएको छ ।

  • कलाकारको राजनीति मोह, को कुन पार्टीमा ?

    काठमाडौं, मंसिर ४ –पछिल्लो समयमा धेरैजसो कलाकारहरु कुनै न कुनै पार्टीमा आवद्ध छन् । तर पार्टी प्रवेशपछि केही कलाकारहरुको सक्रियताले निरन्तरता पाएको छ भने केही प्रवेशसँगै राजनीतिबाट गुमनाम हुने गरेका छन् ।

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया