MENU

मनोरञ्जन

Ncell Axiata
USAID

​एक थाइ कलाकार जो प्रदिपको मुस्कानको फ्यान (भिडियोसहित)

काठमाडौं, वैशाख १२ – नेपाली चलचित्र ‘प्रेमगीत २’को क्लाइमेक्स सिनको सुटिङ लगभग सकिएको छ । आइतबार शंखमुलको एक स्टुडियोमा भएको क्लाइमेक्स सुटसँगै सिनेमाको छायांकन लगभग सकिएको हो । यसै मेसोमा सुटिङस्थलमा एक थाइल्याण्डका कलाकार पनि देखिए । नाम हो सोम्बात राई । ४ पुस्ता थाइल्याण्डमै बिताईसकेका उनी थाइल्याण्डमा जन्मे हुर्केपनि पनि नेपाली राम्रोसँग बोल्न सक्छन् । दार्जिलिङबाट उनीहरुका बाउबाजे थाइल्याण्ड गएका थिए  ।

उनका बाउबाजे असाध्यै कडा थिए । त्यही कडा भएकै कारण उनले नेपाली संस्कार, संस्कृति सिक्न भ्याए । तर नेपाली भाषा भने हप्तामा दुई दिन हजुर आमाबाट सिके । पूर्णरुपमा थाइल्याण्डबासी बनेका सोम्बात राई ‘प्रेमगीत २’ मा कोचको भूमिकामा देखिँदै छन् । कलाकारितामा रुचि राख्ने उनी नेपाली सिनेमा खुबै हेर्दा रहेछन् । उनले चिन्ने नेपाली कलाकार मध्येमा राजेश हमाल हुन् । उनी राजेशका धेरै सिनेमा हेर्दा रहेछन् ।

‘प्रेमगीत २’ मा कलाकारकै रुपमा काम गरे पछिनायक प्रदिप खड्का चाँही कस्तो लाग्छ ? भनेर हामीले सोधेका थियौँ । यसको जवाफमा उनी भन्छन्, ‘प्रदीप नेपाली सिनेमामा धेरै माथि जान सक्ने कलाकार हुन् । उनको बोली वचन सबै भन्दा मीठो छ । मलाई प्रदीपको आँखा मन पर्छ ।  अझ प्रदीपको ओम्जम (हाँसो) को त कुरै नगरौँ ।’ 

उज्यालो र forseenetwork.com को सहकार्य

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया