MENU

मनोरञ्जन

Ncell Axiata
sagun

सुटिङको क्रममा काटिएको थियो दयाको हात, हेर्नुहोस् ‘लुट २’को मेकिङ भिडियो

काठमाडौं, वैशाख १२ – निश्चल बस्नेतको निर्देशनमा बनेको सिनेमा ‘लुट–२’ को मेकिङ भिडियो सार्वजनिक भएको छ । सिनेमा सुटिङको समयमा निर्देशकले कलाकारहरुलाई दिएको निर्देशनलाई यस भिडियोमा देख्न सकिन्छ । २ मिनेट ३५ सेकेण्ड लामो यस भिडियोलाई सिनेमा ‘मेकिङ पार्ट वान’को नामले ‘ब्ल्याक हर्ष पिक्चर्स’ले आफ्नो युट्युब च्यानलमा सार्वजनिक गरेको छ । यस हिसावले सिनेमा मेकिङका अन्य भिडियोहरुलाई पनि हामीले देख्न पाउने छौँ । 

मेकिङ भिडियोमा कलाकारहरुले डर लाग्दा स्टन्टहरु दिनुका साथै छायाँकार पुरुषोत्तम प्रधानले ज्यानै जोखिममा राखेर सिनेमाका सिनहरु कैद गरेको देख्न सकिन्छ । त्यस्तै यस भिडियोमा सुटिङ समयमा दयाहाङ राईको हात सिसाले काटेको पनि प्रष्ट देखिएको छ । 

गत वर्षको फागुन १३ मा रिलिज भएको यस सिनेमाले आठ करोडको हाराहारीमा व्यापार गरेका थियो । यस सिनेमामा सौगात मल्ल, ऋचा शर्मा, दयाहाङ राई, विपिन कार्की, कर्मा शाक्य, सिर्जना सुब्बा, एलिसा राई लगायतका कलाकारहरुको मुख्य भूमिका छ ।

उज्यालो र forseenetwork.com को सहकार्य

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • ​नेपाल आइडलका सुजाता र सागर सहित युएईमा बृहत्त सांस्कृतिक साँझ

    मंसिर ७ – युएईको आबुधाबीमा नेपाल आइडलका प्रतिस्पर्धी सुजाता पाण्डे र सागर आलेले प्रस्तुती दिने भएका छन । नेपाल मगर संघ युएई शाखाले अयोजना गरेको बृहत्त सांस्कृतिक साँझमा उनीहरुले आफ्नो प्रस्तुती दिने भएका हुन् ।

  • जब बलरामले ‘उडाए’ साथीको गलफ्रेन्ड

    काठमाडौं, मंसिर ७ – आफ्नी पे्रमिकालाई जब कसैले भगाउँछ, कस्तो होला त्यो प्रेमीको मन । हामी सहजै अनुमान लाउन सक्छौं । यस्तै भएको छ, टीका बोम्जनको स्वर र संगीत तथा पवन वाङ लामाको ऐरेन्जमा बनेको गीतको म्युजिक भिडियोमा ।

  • जोे पारिश्रमिकका कारण चर्चामा आए

    अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह पहिलो पटक आर्यन सिग्देलसँग सिनेमा ‘कायरा’ मार्फत सँगै देखिन थालेकी छिन् । आफैले निर्माण गर्न लागेको ‘कायरा’मा आर्यनले साम्राज्ञीलाई लिएका हुन् ।

  • गायक धिरज राईको नयाँ एल्बम ‘लभ बल्याड’ बजारमा

    काठमाडौं, मंसिर ४ – नेपालका माइकल ज्याक्सन भन्ने गरिएका गायक धिरज राईले सोह्रौ एल्बम लब बल्याड सार्वजनिक गर्नुभएको छ ।

  • कलाकारको राजनीति मोह, को कुन पार्टीमा ?

    काठमाडौं, मंसिर ४ –पछिल्लो समयमा धेरैजसो कलाकारहरु कुनै न कुनै पार्टीमा आवद्ध छन् । तर पार्टी प्रवेशपछि केही कलाकारहरुको सक्रियताले निरन्तरता पाएको छ भने केही प्रवेशसँगै राजनीतिबाट गुमनाम हुने गरेका छन् ।

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया