MENU

समाज

Ncell Axiata

रसुवाका तीन सय ६३ लाभग्राहीलाई दोस्रो किस्ता वितरण

रसुवा, वैशाख १३ – रसुवाका तीन सय भन्दा बढी भूकम्प प्रभावितलाई दोस्रो किस्ता वितरण गरिएको छ । जिल्ला समन्वय समिति रसुवाबाट एक सय ७६ र विभिन्न गैरसरकारी संस्थाबाट एक सय ८७ गरी तीन सय ६३ लाभग्राहीको खातामा रकम निकासा गरिएको हो । 

प्राविधिकको सल्लाह अनुसार घर बनाएका लाभग्राहीको खातामा दोस्रो किस्ता बापतको एक लाख ५० हजार रुपैयाँ निकासा गरिएको स्थानीय विकास अधिकारी राजेन्द्रदेव पाण्डेले बताउनुभयो । 

पहिलो किस्ता बुझेर प्राविधिकको सल्लाह अनुसार घर बनाइरहेका पाँच सय १६ लाभग्राहीमध्ये दोस्रो किस्ता पाउन योग्य भइसकेका लाभग्राहीलाई रकम निकासा गरिएको र अन्यलाई पनि वितरणको तयारी भइरहेको समन्वय समितिले जनाएको छ । 

जिल्लामा अनुदान पाउन छानिएका ११ हजार २ सय ३६ घरधनीमध्ये ९ हजार २ सय ९९ घरधनीसँग अनुदान सम्झौता भएको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepali Migrant Women Story
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया