MENU

यो पनि समाचार

Ncell Axiata
NIC Asia

फेसबुकमा लाइभ गरेर छोरीको हत्या

वैशाख १३ – थाइल्याण्डका एक व्यक्तिले फेसबुक लाइभ गरेर छोरीको हत्या गरेका छन् । २१ वर्षका ती व्यक्तिले फेसबुकमा भिडियो लाइभ गरेर आफ्नी शिशु छोरीलाई झुण्ड्याएका हुन् । त्यसपछि उनले आत्महत्या गरेका थिए । श्रीमतीसँगको सामान्य झगडामा ती व्यक्तिले छोरीको हत्या गरेको बिबिसीले जनाएको छ । फुकेटमा रहेको डेजर्ट होटलमा घटना भएको हो । फेसबुकले पीडित परिवारलाई समवेदना पठाएर भिडियो सामग्री फेसबुकबाट हटाइएको जनाएको छ ।

ती व्यक्तिले नेपाली समय अनुसार सोमबार दिउँसो तीन बजेर ३५ मिनेटदेखि तीन बजेर ४२ मिनेट जाँदासम्म फेसबुकमा लाइभ गरेर छोरीको हत्या गरेका हुन् । 

पछिल्लो समय फेसबुकमा लाइभ गरेर हत्या तथा आत्महत्या गर्ने क्रम बढेको छ । फेसबुकमाथि यस्तो कुरा नियन्त्रण गर्न दबाब बढ्दै गएको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • हप्तौँसम्म मृत मालिकको छेउमा कुरुवा कुकुर

    पुस २२ – हंगेरीमा एउटा कुकुरले निधन भएकी मालिकको छेउमा बसेर हप्तौँ बिताएको छ । बुडापेस्टमा रहेको फ्ल्याटमा जाजा नाम गरेको ९ वर्षको कुकुर निधन भएकी आफ्नी मालिक्नीको छेउमा बसेको अवस्थामा बुधबार भेटिएको हो ।

  • छोराले आमासँगको सम्झौता कमाउने भएपछि बिर्से : अब १० लाख डलर तिर्नु पर्ने

    पुस १९ – ताइवानको उच्च अदालतले एक व्यक्तिलाई आफ्नी आमालाई १० लाख अमेरिकी डलर जरिवाना तिर्न आदेश दिएको छ । आफूलाई हुर्काएको तथा दन्त चिकित्सक बनाउनका लागि गरेको खर्च बापतको रकम आमालाई बुझाउन अदालतले आदेश दिएको हो ।

  • ठगलाई १३,२७५ वर्ष जेल सजाय

    पुस १५ – थाइल्याण्डमा एकजनालाई जालसाजी तथा ठगीको आरोपमा १३ हजार २ सय ७५ वर्षको जेल सजाय सुनाइएको छ । थाइ अदालले जालसाजीको आरोपमा ३४ वर्षका पुदित किट्टिहराडिल्कोलाई उच्च आर्थिक लाभ दिने भन्दै स्किम चलाएर ठगेको आरोपमा १३ हजार वर्ष भन्दा बढीको जेल सजाय सुनाएको हो ।

  • १०७ वर्षकी हजुरआमाको ‘ह्याण्डसम’ राहुल गान्धीसँगको प्रेमकथा

    पुस ११ – एकतिर १०७ वर्षकी हजुरआमा, जसले समयको लामो बाटो तय गरेकी छन् । अर्कोतर छन्, ४७ वर्षका कांग्रेसका युवा अध्यक्ष राहुल गान्धी । दुईबिचको उमेरको फरक ६० वर्ष ।

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया