MENU

साहित्य/ कला

‘नमस्ते काठमाडौं’ तयार

काठमाडौं, वैशाख १३ – चलचित्र निर्देशक तथा सञ्चारकर्मी डब्बु क्षत्रीको कथा संग्रह ‘नमस्ते काठमाडौं’ तयार भएको छ ।

कथा लेखनमा मुलधारमा आफ्नो परिचय बनाई सकेका क्षत्रीले नयाँ कथाहरुलाई संग्रहको रुपमा पाठकमाझ ल्याउन लागेको बताउनुभयो । दुई दशक भन्दा लामो समयदेखि  अखबारी पत्रकारितामा सक्रिए क्षत्रीको कथा सम्बन्धी यो पहिलो संग्रह हो ।

यौन चपेटामा परेर पीडित भएका समाजका विभिन्न वर्गको कारुणिक पीडालाई कथामा बुनिएको क्षत्रीको भनाई छ । यौन पीडामा पिल्सिएर पनि आफ्ना पीडा लुकाएर बाच्न विवश भएकाहरुलाई संग्रहका कथाहरुले अन्याय विरुद्ध लड्न र नयाँ प्राप्ति गर्न हौसला दिने क्षत्रीले बताउनुभयो ।

संग्रहमा १८ वटा कथा छन् । यसको मूल्य ३ सय ५० रुपैयाँ रहेको छ । शिखा बुक्सले प्रकाशन गरेको पुस्तक वैशाख २० गतेदेखि बजारमा जाने छ । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • एक सर्को माया

    जसरी मेरी छोरी सकुन्तला खेलिरहेकी छे, त्यसरी नै खेल्न पाउने अधिकार तेरो पेटको बच्चाले पनि पाउनुपर्च । दुइटी स्वास्नी त बाहुनहरूले पनि ल्याएका छन् नि ! फरक यत्ति न हो, तँ बाहुनी हैनस् ।

  • ​साहित्य यात्रा सगरमाथा सँगसँगै : सगरमाथा हेर्दै रचना वाचन

    ओखलढुंगा, चैत २९– नयाँ वर्षको पूर्व सन्ध्यामा नयाँ वर्ष मनाउनेहरुका विभिन्न कार्यक्रमका सूची तयारी भैसके । घुमफिर, भेटघाट, वनभोज, सांस्कृतिक कार्यक्रमको आयोजनाजस्ता कार्यक्रममा नेपालीहरु व्यस्त हुन्छन् ।

  • प्याकुरेलको कथा सङ्ग्रह ‘झुल्या कागत’ विमोचन

    काठमाडौं चैत २५ – कथाकार प्रमोद प्याकुरेलको पहिलो कथा सङ्ग्रह ‘झुल्याकागत’ विमोचन भएको छ ।

  • राजा सिद्धीनरसिंह मल्लले लेखेका गीतको एल्बम सार्वजनिक

    काठमाडौं, चैत २४ – राजा सिद्धीनरसिंह मल्लले लेखेका ३६ वटा गीत संग्रहित गीति एल्बमको शनिबार लोकार्पण गरिएको छ ।

  • कुहिराे

    मैले लगाएको चोट खप्न नसकेर आमा मैलो मजेत्रोले अाँसु पुछ्नुहुन्थ्यो । क्षयरोग सर्ने डरले व्यथा किटान भएदेखि नै आमाका लुगाहरूसम्म कसैले धुने आँट गरेनन् । सानै उमेरदेखि मेरो स्वभाव एकलकाटे थियो । साथीहरू कोहीसँग पनि घनिष्ट सम्बन्ध बनाउन सकिनँ मैले । मैले भनेको कुरामा साथीहरू असहमत हुँदा पटक पटक सिँगौरी खेलेको छु मैले ।

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया