MENU

समाज

Ncell Axiata
USAID

भूकम्पले भत्केका स्वास्थ्य संस्थाको पुनर्निर्माण कहिले हुन्छ ?

विष्णु विश्वकर्मा/उज्यालो ।

काठमाडौं, वैशाख १३ – ललितपुरको बुङमति स्वास्थ्य चौकीमा कार्यरत सिनियर अनमी पद्मा दाहालको दिन अहिले पनि भूकम्पले चर्केको भवनमा काम गर्दा त्रासमै बित्ने गरको छ । दुई वर्षअघिको  भूकम्पले चर्केको भवन अहिलेसम्म पनि पुनर्निर्माण हुन नसकेपछि दिनभर उहाँको दिन त्रासमै वित्ने गरेको हो । भवनमा काम गर्न जोखिम त छ नै परकम्प आउँदा भाग्नुपर्ने बाध्यता पनि छ । 

‘परकम्प आउन अहिले पनि रोकिएको छैन । भवन पुनर्निर्माण हुन सकेको छैन । भूकम्प आउँछ की भन्ने डर फेरी पनि लागिरहन्छ’ उहाँले भन्नुभयो ।

त्यहि स्वास्थ्य चौकीमा कार्यरत सिनियर अनमी सीता त्रिपाठी पुनर्निर्माण समयमा नहुँदा यस्तो त्रास झनै बढेको बताउनुहुन्छ । ‘कति संस्था आए कति ? तर अहिलेसम्म कसैले पनि पुनर्निर्माण गर्न सकेका छैनन । न सरकारले नै भवन पुनर्निर्माण गरिदियो । न त भवन बनाउँछु भनेर आएकाहरुले नै बनाए । सबैले भाषण मात्रै दिए’ अनमी त्रिपाठीले गुनासो सुनाउनुभयो ।

भूकम्प अति प्रभावित १४ जिल्लाका तीन सय ५ र कम प्रभावित १७ जिल्लाका एक सय ३५ गरी ४ सय ४० स्वास्थ्य संस्थामा भूकम्पले क्षति पु¥याएको छ । तीमध्ये २ सय स्वास्थ्य संस्थामा पुनर्निर्माणको काम सकिएको सरकारले जनाएको छ । स्वास्थ्य संस्था पुनर्निर्माणको अवस्थाबारे जानकारी दिंदै स्वास्थ्य मन्त्रालयको पुनर्निर्माण आयोजना समन्वय इकाइका सहायक जनस्वास्थ्य अधिकृत प्रदीप अधिकारीले केही स्वास्थ्य संस्थाको काम सकिएको र केहीको बाँकी रहेको बताउनुभयो । 

‘अहिलेसम्म २ सय स्वास्थ्य संस्थाको पुनर्निर्माण भइसकेको छ । १ सय ७० बढी स्वास्थ्य चौकीको निर्माण काम चलिरहेको छ’ अधिकारीले भन्नुभयो । सरकारले चालु आर्थिक वर्षमा क्षतिग्रस्त स्वास्थ्य संस्था मर्मत र पुनर्निर्माण गर्न ३८ करोड रुपैयाँ विनियोजन गरेको छ । अरु १ सय ३० बढी संघ संस्थाहरुको सहयोगमा गोरखा, सिन्धुपाल्चोक, दोलखा लगायत ठाउँमा स्वास्थ्य संस्था पुननिर्माण भइरहेको छ ।

सबै स्वास्थ्य संस्था निर्माण गर्न मन्त्रालयले अझै १० अर्ब रुपैयाँ लाग्ने अनुमान गरेको छ । तर त्यसमध्ये भारतले ३ अर्ब रुपैयाँ उपलब्ध गराउनुबाहेक अन्य बजेटको जोहो मन्त्रालयले गर्न सकेको छैन । भवन बनाउँदा अपनाउनुपर्ने मापदण्ड, जग्गा अभाव र ठेकेदारको लापरबाहीले पनि भत्केका स्वास्थ्य चौकीको पुनर्निर्माण गर्न समस्या भएको स्वास्थ्य मन्त्रालयका सहायक जनस्वास्थ्य अधिकृत अधिकारीको भनाई छ । 

सरकारको ढिलासुस्ती आवश्यक बजेटको अभाव र निर्माण सुरु भएका कतिपय स्वास्थ्य संस्थामा ठेकेदारको लापरबाही जस्ता कारणले स्वास्थ्य संस्थाको पुनर्निर्माण हुन सकेको छैन । उपचारका लागि गइने स्वास्थ्य संस्था नै धराप अवस्थामा हुँदा उपचारको गुणस्तर मात्र होइन विरामी र स्वास्थ्यकर्मीको मनोविज्ञानमा पनि नकारात्मक प्रभाव परिरहेको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया