MENU

मनोरञ्जन

Ncell Axiata
USAID

रिलिज पूर्व नै ‘बाहुबली–२’ ले राख्यो यस्ता रेकर्ड

काठमाडौं, वैशाख १४ – ‘बाहुबली– द बिगिनिङ’ रिलिज भएको ६ सय ५८ दिन पछि ‘बाहुबली द– कन्क्लुजन’ रिलिज हुँदैछ । कटप्पाले बाहुबलीलाई किन मारे ? यसको  जवाफ ‘बाहुबली–द कन्क्लुजन’ हेरेपछि दर्शकले थाहा पाउने छन् । २८ अप्रिल अर्थात शुक्रबार रिलिज हुन लागेको यस सिनेमाले रिलिज पूर्व नै चार वटा रेकर्ड राखिसकेको छ ।

सबै भन्दा महंगो टिकट

यो सिनेमा हेर्नको लागि दर्शकले २४ सय रुपैयाँ सम्म खर्चिनु पर्ने भएको छ ।  अहिलेसम्म कुनै पनि सिनेमाको टिकट यति महंगो रकममा बिक्री भएको छैन ।  यो दर लक्जरी टिकटको हो । दिल्लीको एक सिनेमा घरमा सिनेमाको टिकट दर २४ सय भारतीय रुपैयाँ तोकिएको छ ।

९ हजार स्क्रिनमा रिलिज हुँदै

संसारभरिका ९ हजार स्क्रिनमा एक साथ रिलिज भएर यस सिनेमाले सबैभन्दा धेरै स्क्रिनमा रिलिज हुने सिनेमाको रेकर्र्र्ड पनि आफ्नो नाम गर्ने भएको छ ।  यसअघि आमिर खानको ‘पिके’, ऋतिक रोशनको ‘ब्याङ ब्याङ’ ६ हजार स्क्रिनमा रिलिज भएका थिए भने ‘बाहुबली–द बिगिनिङ’ पनि जम्मा ६ हजार ५ सय स्क्रिनमा रिलिज भएको थियो । ‘बाहुबली–द कन्क्लुजन’ भारतमा ६ हजार ५ सय र भारत बाहिर १ हजार ५ सय स्क्रिनमा रिलिज हुँदैछ । 

रिलिज पूर्व सबैभन्दा धेरै कमाउने सिनेमाको रेकर्ड

सिनेमाले हल र विदेश प्रदर्शनको अधिकार बेचेर ५ सय करोड भारतीय रुपैयाँ कमाउँदै रिलिज पूर्व सबैभन्दा धेरै कमाउने सिनेमाको रेकर्ड पनि राखेको छ । सिनेमाको तमिल, तेलुगु, हिन्दी र अन्य केही भाषाको लागि वितरकहरुले मोटो रकम खर्चेका छन् । नेपालमा पनि यो सिनेमा ३ करोडमा किनिएको छ ।  

छोटो समयमा धेरै हेरिने ट्रेलरको रेकर्ड

सिनेमाको ट्रेलरलाई शुरुवाती २४ घण्टामा पाँच करोड भन्दा धेरै पटक हेरिएको थियो । यस सिनेमाको ट्रेलरले रजनी कान्तको ‘कबाली’ शाहरुखको ‘रईस’ र आमिरको ‘दंगल’ले राखेको रेकर्ड तोडेको हो । 

उज्यालो र forseenetwork.com को सहकार्य

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया