MENU

अन्तर्राष्ट्रिय

Ncell Axiata

पूरा भयो सँगै बाँच्ने सँगै मर्ने कसम

वैशाख १४ – अमेरिकामा एक दम्पतीको एक घण्टाभित्रमा निधन भएको छ । अमेरिकाको इलिनाइसका दम्पतीको ४० मिनेट भित्रमा निधन भएको हो । अल्जाइमरबाट पीडित ८९ वर्षकी टेरेसा वाट्किनको निधन भएको ४० मिनेटपछि उहाँका श्रीमान ९१ वर्षका इसाक वाट्किनको निधन भएको डेली हेराल्डले जनाएको छ । शनिबार टेरासाको निधन भएपछि श्रीमतीको हात समातेर बसेका इसाकको ४० मिनेट भित्रमा निधन भएको हेराल्डले उल्लेख गरेको छ ।

इसाक र टेरेसाको ६९ वर्षअघि विवाह भएको थियो । परिवारका सदस्यले वाट्किन दम्पती अन्तिमसम्ममा सँगै रहेको बताएका छन् । नाति विलियम वाट्किनले हजुरबुवा हजुरआमाको प्रेम निकै प्रगाढ रहेको र उहाँहरु एकसाथ रहेको बताए । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया