MENU

मनोरञ्जन

Ncell Axiata
chhaka panja

‘छक्का पञ्जा-२’ ले ४० दिनमा सुटिङ सक्ने, मह जोडीले गरे शुभारम्भ

काठमाडौं, वैशाख १४ – सिनेमा ‘छक्का पञ्जा-२’ ले बिहीबारबाट आफ्नो छाँयाकन सुरु गरेको छ । भक्तपुरको सूर्यविनायक मन्दिरमा पूजाआजा गरेर विधिवत रुपमा छांयाकन सुरु गरिएको हो ।  

दीपाश्री निरौलाको निर्देशनमा बन्न लागेको यस सिनेमाको शुभमुहर्त मह अर्थात मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्यको हातबाट गरिएको छ । 

ज्योतिषको सल्लाह र शुभ साइत विना काम नगर्ने दीपाले बिहीबार भगवानको पूजाआजा र आराधाना गरी सिनेमाको औपचारिक काम सुरु गरेकी हुन् । आजको दिन शुभ हुने र ‘छक्का पञ्जा’को शुभमुर्हत पनि सूर्यविनायक मन्दिरबाट नै गरिएको हुँदा ‘छक्का पञ्जा-२’ को शुभ साईत पनि सोही मन्दिरबाट गरिएको हो ।  

त्यस्तै आजैको दिनबाट मह अर्थात मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले औपचारिक रुपमा संगै कलाकारिता यात्रा सुरु गरेका थिए । वैशाख १४ मा शुभ साईत गरेको ‘छक्का पञ्जा-२’ को सुटिङ ४० दिनमा सकिने निर्माता मध्येका एक विकासराज आचार्यले जानकारी दिएका छन् । 

उज्यालो र forseenetwork.com को सहकार्य

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • को बन्ला पहिलो नेपाल अाइडल ?

    काठमाडौं, असोज ६ – शुक्रबार नेपाली संगीत पारखाीहरुले प्रथम नेपाल आइडल पाउने भएका छन् । लोकप्रिय रियालिटी टेलिभिजन शो नेपाल आइडलको ग्रान्ड फिनालेमा पुगेका तीन प्रतिस्पर्धीमध्येबाट शुक्रबार एक जना नेपाल आइडल बन्नेछन् ।

  • फ्राइडे रिलिज : हलमा ‘यती’ मात्रै

    काठमाडौं, असोज ६ – यो हप्ता नेपाली सिनेमा घरमा एउटा मात्रै चलचित्र लागेको छ ।

  • ‘आयो दसैँ आयो, चारैतिर खुशीयाली ल्यायो’ (भिडियोसहित)

    काठमाडौं, असोज ४ – गीतकार अम्बिका गुरुङको यसपालीको दसैँ गीत ‘आयो दसैँ आयो, चारै तीर खुशीयाली ल्यायो’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गीतकार गुरुङ पछिल्लो समय अमेरिकामा रहेर नेपाली गीतसंगीतमा अहोरात्र लागि पर्नु भएको छ ।

  • गायिका मिलन अमात्यले गरिन् डिभोर्स

    काठमाडौं, असोज २ – गायिका मिलन अमात्यले श्रीमानसँग औपचारिक रुपमा सम्बन्ध बिच्छेद गरेकी छिन् । केही समय अघि मिलन अमात्यले सम्बन्ध बिच्छेदका लागि निबेदन दिए पनि यो कुरालाई बाहिर ल्याउन चाहेकि थिइनन् ।

  • ​आमिर खानले रिजेक्ट गरेका यी कलाकार बने सुपरस्टार

    असोज १ – उनले आमिर खानको चलचित्र ‘धोबी घाट’ तथा अन्य केही टेलिश्रृङ्खलाका लागि अडिसन दिएका थिए । तर उनलाई लिइएन ।

सबै हेर्नुहोस
western union
nepali women
पछिल्ला समाचारहरु

सोसल मिडिया