MENU

अन्तर्राष्ट्रिय

Ncell Axiata

उत्तर कोरिया तनाव : ट्रम्पले गरे चिनियाँ राष्ट्रपति सीको प्रशंसा

वैशाख १५ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाको समस्या समाधानका लागि राम्रो काम गरेको भन्दै चिनियाँ राष्ट्रपति सी जिनपिङको प्रशंसा गर्नुभएको छ । समाचार संस्था रोयटर्ससँगको विस्तृत अन्तर्वार्ताको क्रममा ट्रम्पले सी देशलाई माया गर्ने निकै असल व्यक्ति गरेको भन्दै प्रशंसा गर्नुभएको हो । चिनियाँ राष्ट्रपति सीले उत्तर कोरियाका कारण उत्पन्न समस्या कुटनीतिक रुपमा समाधान गर्न चारहेको ट्रम्पको भनाई छ । तर कुटनीतिक रुपमा उत्तर कोरियाको समस्या समाधान हुने सम्भावना कम रहेकाले संघर्षको सम्भावना नकार्न नसकिने ट्रम्पले बताउनुभएको छ । ट्रम्पले राष्ट्रपतिमा निर्वाचित भएलगतै उत्तर कोरियाका कारण उत्पन्न भएको समस्या समाधानका लागि केही नगरेको भन्दै चिनियाँ राष्ट्रपति सीको आलोचना गर्नुभएको थियो । उत्तर कोरियाको समस्या समाधानका लागि अमेरिका एक्लै तयार रहेको पनि उहाँले बताउनुभएको थियो । तर अप्रिलको सुरुमा चिनियाँ राष्ट्रपति सीसँग भएको भेटवार्ता तथा त्यसपछि भएका टेलिफोन वार्तापछि ट्रम्पको भनाई परिवर्तन भएको हो ।

ओभल कार्यालयमा रोयटर्ससँग भएको अन्तर्वार्ताको क्रममा ट्रम्पले चिनियाँ राष्ट्रपति सीले द्वन्द्व र मानिसको क्षति नचाहेको बताउनुभयो । अमेरिकाले उत्तर कोरियाको परमाणु कार्यक्रमलाई लिएर चिन्ता र चासो जनाउँदै आएको छ ।

यही विषयलाई लिएर उसले उत्तर कोरियामाथिको प्रतिबन्ध थप कडा बनाउने तयारी पनि गरेको छ । उत्तर कोरियाको बारेमा छलफल गर्न संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको बैठक शुक्रबार बस्दैछ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया