MENU

मनोरञ्जन

Ncell Axiata
chhaka panja

नेपाली सिनेमामा काम गर्ने बलिवुड कलाकार

काठमाडौं, वैशाख १५ – बलिवुड सिनेमाका चर्चित कमेडियन राजपाल यादवले नेपाली सिनेमा ‘करोडपति’मा काम गरेको कुरा नेपाली मिडियामा निकै हल्लाखल्ला भयो । नेपाल आएर दुई सातामा सिनेमाको सुटिङ सकेर उनी भारत फर्केका छन् । सधै हिन्दी सिनेमाको पर्दाबाट हँसाउने कलाकारलाई नेपाली सिनेमा मै देख्न पाउने भएपछि दर्शकहरु पनि निकै उत्साहित भएका छन् । ‘करोडपति’मा राजपाल नायक आर्यन अधिकारीको मामाको भूमिकामा छन् । यस सिनेमामा निता ढुङ्गानाको पनि मुख्य भूमिका छ । यसरी बलिवुड कलाकारले नेपाली सिनेमामा काम गरेको यो पहिलो पटक भने होइन । राजपाल बाहेक अन्य केही बलिवुड कलाकारहरुले पनि यसअघि नेपाली सिनेमामा काम गरिसकेका छन् ।  

स्वेता तिवारी

‘कसौटी जिन्दगीकी’ नामक सिरियलबाट चर्चामा आएकी अभिनेत्री स्वेता तिवारीले नेपाली सिनेमामा काम गरेकी छिन् । उनले सिनेमा ‘त्रिनेत्र’मा मधुको भूमिका निर्वाह गरेकी छिन् । सिनेमामा अभिनेता निखिल उप्रेती, मिथिला शर्मा लगायतका कलाकारहरुको मुख्य भूमिका छ । यस सिनेमामा स्वेता मालिकनी हुन्छिन् जो नोकरको भूमिका निर्वाह गरेका निखिल उप्रेतीको प्रेममा पर्छिन् । स्वेता भारतीय टेलिभिजन दुनियाँकी सफल र चर्चित कलाकार हुन् । उनले कसौटी जिन्दगीकी, परवरिश, बेगुसराय जस्ता सिरियल र केही सिनेमाहरुमा काम गरिसकेकी छिन् । त्यस्तै उनले केही रियालिटी शोहरुमा पनि भाग लिईसकेकी छिन् । केही समय अघि मात्रै दोस्रो सन्तानको आमा बनेकी उनी हाल भने टेलिभिजनबाट टाढै छिन् ।

मामिक सिंह

बलिवुड सिनेमा ‘जो जिता वहि सिकन्दर’मा आमिर खानको दाइको भूमिका निभाएका अभिनेता मामिक सिंहले नेपाली सिनेमा ‘हाम्रो सानो घर होला’मा काम गरेका छन् । उनले यस सिनेमामा अभिनेत्री पूजा चन्दको को–स्टारको भूमिका निर्वाह गरेका छन् । सिनेमामा मामिक एक गरिब तर असल पात्र, राजको भूमिकामा छन् । त्यहि राजको प्रेममा परेकी हुन्छिन् पूजा । 

मामिक बलिवुड सिनेमाका अब्बल अभिनेता हुन् । उनले जो जिता वहि सिकन्दर,  युग,  क्या केहना लगायतका सिनेमा र साकालाका बुम, आ गले लग जा,  चन्द्रकान्ता लगायत टेलिभिजन शोहरुमा काम गरेका छन् । 

डेनी डेन्जोम्पा

भारतीय कलाकार डेनी डेन्जोम्पाले नेपाली सिनेमामा अभिनय गर्ने मात्रै हैन नेपाली गीत पनि गाएका छन् । खासमा भारतको दार्जिलिमा जन्मेका डेनी नेपाली भाषी हुन् । उनले करिअरको सुरुवात नेपाली सिनेमामा काम गरे । नेपाली चलचित्र ‘साईनो’मा सहायक कलाकार भएर उनले काम गरेका छन् । यस सिनेमामा भुवन केसी र तृप्ती नाडकरको मुख्य भूमिका छ । त्यस्तै उनले ‘आगे आगे तोपैको गोला’, ‘रातो रानी फूले झैँ साँझमा’ जस्ता लोकप्रिय गीतहरुमा आवाज पनि दिएका छन् । डेनीले बुलन्दी, लज्जा, मोक्ष, जय हो, बेबी लगायत झण्डै दुई सय बलिवुड सिनेमामा काम गरेका छन् । हाल उनी सिनेमा ‘पद्मावती’मा व्यस्त छन् ।

 

दीपक तिजोरी

बलिवुड अभिनेता दीपक तिजोरीले पनि नेपाली सिनेमामा काम गरेका छन् । उनले नेपाली सिनेमा ‘जीवन दान’मा राहुलको भूमिका निभाएका छन् । मोहब्बत और जंग, दुल्हा हम ले जाएंगे, ये कैसी मोहब्बत, प्यार दिवाना होता है, राजा नटरवाल, नाजायज लगायत दर्जनौँ बलिवुड सिनेमामा अभिनय गरेका दीपकले सिनेमा ‘दो लफ्जोँकी की कहानी’ र  ‘टोम डिक एण्ड यारी २’ जस्ता सिनेमालाई निर्देशन पनि गरिसकेका छन् ।

प्रिती झिन्गानिया

ना तुम जानो ना हम, लक कार्गिल, सौदा, आवारा पागल दिवाना लगायत दर्जनौँ हिन्दी सिनेमामा काम गरेकी अभिनेत्री प्रिती झिन्गानियाले नेपाली सिनेमा ‘हाम्रो मिलन कहिले हुन्छ’ मा काम गरेकी छिन् । राजेश हमाल र जेनी कुँवरको मुख्य भूमिका रहेको यस सिनेमामा प्रितीको विशेष भूमिका थियो । 

मनिषा कोईराला

अभिनेत्री मनिषा कोईराला नेपालकी छोरी हुन् तर उनी बलिवुडकी नम्बर वान नायिकाको रुपमा परिचित छिन् । मनिषाले करिअरको सुरुवात भने नेपाली सिनेमा ‘फेरि भेटौँला’बाट गरेकी हुन् । तर त्यसपछि उनी लगातार बलिवुड सिनेमामा व्यस्त भईन् । दर्जनौँ बलिवुड सिनेमामा काम गरेर नम्बर वान नायिका बनेपछि मनिषाले फेरि नेपाली सिनेमा ‘धर्मा’मा काम गरिन् । ‘धर्मा’मा उनी राजेश हमालको जोडी भएर गौरीको भूमिकामा थिईन् । 

दुपजंग राना

श्री कृष्ण श्रेष्ठ र श्वेता खड्काको मुख्य भूमिका रहेको सिनेमा ‘कोहीनुर’मा भारतीय कलाकार दुपजंग रानाले अभिनय गरेका छन् । यस सिनेमाको धेरैजस्तो सिनहरु भारतमा सुटिङ भएका छन् । श्री कृष्णको निधन लगत्तै रिलिज भएको ‘कोहीनूर’ले करोडौँको व्यापार गरेको थियो ।

उज्यालो र forseenetwork.com को सहकार्य

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • को बन्ला पहिलो नेपाल अाइडल ?

    काठमाडौं, असोज ६ – शुक्रबार नेपाली संगीत पारखाीहरुले प्रथम नेपाल आइडल पाउने भएका छन् । लोकप्रिय रियालिटी टेलिभिजन शो नेपाल आइडलको ग्रान्ड फिनालेमा पुगेका तीन प्रतिस्पर्धीमध्येबाट शुक्रबार एक जना नेपाल आइडल बन्नेछन् ।

  • फ्राइडे रिलिज : हलमा ‘यती’ मात्रै

    काठमाडौं, असोज ६ – यो हप्ता नेपाली सिनेमा घरमा एउटा मात्रै चलचित्र लागेको छ ।

  • ‘आयो दसैँ आयो, चारैतिर खुशीयाली ल्यायो’ (भिडियोसहित)

    काठमाडौं, असोज ४ – गीतकार अम्बिका गुरुङको यसपालीको दसैँ गीत ‘आयो दसैँ आयो, चारै तीर खुशीयाली ल्यायो’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गीतकार गुरुङ पछिल्लो समय अमेरिकामा रहेर नेपाली गीतसंगीतमा अहोरात्र लागि पर्नु भएको छ ।

  • गायिका मिलन अमात्यले गरिन् डिभोर्स

    काठमाडौं, असोज २ – गायिका मिलन अमात्यले श्रीमानसँग औपचारिक रुपमा सम्बन्ध बिच्छेद गरेकी छिन् । केही समय अघि मिलन अमात्यले सम्बन्ध बिच्छेदका लागि निबेदन दिए पनि यो कुरालाई बाहिर ल्याउन चाहेकि थिइनन् ।

  • ​आमिर खानले रिजेक्ट गरेका यी कलाकार बने सुपरस्टार

    असोज १ – उनले आमिर खानको चलचित्र ‘धोबी घाट’ तथा अन्य केही टेलिश्रृङ्खलाका लागि अडिसन दिएका थिए । तर उनलाई लिइएन ।

सबै हेर्नुहोस
western union
nepali women
पछिल्ला समाचारहरु

सोसल मिडिया