MENU

अन्तर्राष्ट्रिय

Ncell Axiata
sagun

उत्तर कोरिया तनावः उत्तर कोरियाले फेरि गर्‍यो ब्यालेस्टिक मिसाइल परीक्षण

वैशाख १६ – उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल परीक्षण गरेको छ । उत्तर कोरियाले राजधानी प्योङयाङको उत्तरी क्षेत्रबाट ब्यालेस्टिक मिसाइल परीक्षण गरेको दक्षिण कोरिया तथा अमेरिकाका अधिकारीले बताएका छन् । मिसाइल प्रक्षेपण गरेको केही सेकेण्ड भित्र नै विस्फोट भएको योनहाप समाचार संस्थालाई उद्धृत गर्दै दक्षिण कोरियाका अधिकारीले बताएका छन् । यस्तै अमेरिकी अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले भने परीक्षण असफल भएको जनाएको छ । स्थानीय समय अनुसार शनिबार बिहानै मिसाइल परीक्षण गरिएको हो । मिसाइल कुन प्रकारको हो भन्ने खुलेको छैन । परीक्षणका बारेमा उत्तर कोरियाले केही बनाएको छैन । अमेरिकाले उत्तर कोरियाको परमाणु कार्यक्रमलाई लिएर चिन्ता र चासो जनाउँदै आएको छ । यही विषयलाई लिएर उसले उत्तर कोरियामाथिको प्रतिबन्ध थप कडा बनाउने तयारी पनि गरेको छ । उत्तर कोरियाले पछिल्लो समय लगातार मिसाइल परीक्षण गर्दै आएको छ । यसले कोरियाली प्रायद्विपमा तनाव बढ्दै गएको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया