MENU

अन्तर्राष्ट्रिय

Ncell Axiata Naya Saptati
USAID

चीन र रुसपछि अब टर्कीमा पनि विकिपिडिया प्रतिबन्धित

वैशाख १६ – टर्की सरकारले अनलाइन विश्वकोष अर्थात विकिपिडियामा प्रतिवन्ध लगाएको छ । सरकारले विकिपिडियामा प्रतिबन्ध लगाउनुको स्पष्ट कारण भने दिएको छैन ।  

टर्कीमा यसअघि पनि पटकपटक फेसबुक, ट्वीटर, युटुव र विकिपिडिया चलाउन रोक लगाइएको थियो । सरकारको आदेशपछि टर्कीको राजधानी इस्तानवुलका नागरिकले भर्चुअल प्राइभेट नेटवर्क भिपिएनको प्रयोग नगरी विकिपिडिया खोल्न सक्ने छैनन् । 

सरकारको यो निर्णय अभिव्यक्ति स्वतन्त्रताको विरोधमा रहेको भन्दै सामाजिक सञ्जालमा विरोध सुरु भएको छ । सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने यस्तै निर्णयका कारण प्रेस स्वतन्त्रताको सुचकांकमा टर्की १ सय ८० देशमध्ये १ सय ५५ औं स्थानमा छ । टर्की भन्दा पहिले रुस र चीनले पनि केही समय विकिपिडियामा प्रतिबन्ध लगाएका थिए । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया