MENU

बातावरण-कृषि

Ncell Axiata
USAID

देशका धेरै ठाउँमा आज पनि पानी पर्ने

काठमाडौं, वैशाख १७ – आइतबार पनि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना छ । दिउँसो २÷३ बजे पछि पानी पर्ने सम्भावना रहेको मौसमविद् सुवास रिमालले बताउनुभयो ।

पश्चिमी न्यून चापिय प्रणालीका कारण पानी परेको उहाँले बताउनुभयो । काठमाडौंसहित पश्चिम र पूर्वी क्षेत्रमा दिउँसोपछि पानी पर्ने उहाँले जानकारी दिनुभयो । अहिले काठमाडौंको मौसम सफा छ । तर अहिले घाम लागे पनि बेलुकापख पानी पर्ने अनुमान गरिएको हो ।

शनिबार पोखरामा सबैभन्दा धेरै पानी परेको थियो । त्यहाँ १० दशमलव ५ मिलिमिटर, काठमाडौंमा ८ दशमलव ५, ताप्लेजुङमा ९ दशमलव ५, ओखलढुंगामा ६ दशमलव ९ मिलिमिटर पानी परेको जल तथ मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • मरेका १८ वटा बाख्रा नियन्त्रणमा, व्यवसायी पक्राउ

    काठमाडौं, असार १२ – काठमाडौं उपत्यकामा मरेका १८ वटा बाख्रा भित्र्याउँदै गरेको अवस्थामा थानकोट चेकपोष्टस्थित पशुपछी विकास मन्त्रालयको क्वारेन्टाइनका कर्मचारीले नियन्त्रणमा लिएका छन् ।

  • ५ तस्बिरमा हेर्नुहोस् खोटाङमा ५ दिन अघि नै धान दिवस

    खोटाङ, असार १० – खोटाङमा पाँच दिन अगावै राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइएको छ ।

  • तरकारी खेतीले आत्मनिर्भर बनायो

    डीबी विष्ट/उज्यालो । बझाङ, असार १० – केही वर्षअघि छोराछोरी बिरामी हुदाँ चार पाँच सय ऋण निकालेर अस्पताल हिँडेको सम्झना गर्ने थलारा गाउँपालिका पिखेतकी शिवजला थापा अहिले तरकारी खेतीबाट आत्म निर्भर हुनुभएको छ ।

  • रसुवामा २० हजार अलैचीको बिरुवामा वितरण गरिँदै

    रसुवा, असार ९ – रसुवामा २० हजार अलैचीको बिरुवा वितरण सुरु भएको छ । जिल्ला कृषि विकास कार्यालय रसुवाले कृषि राहत कार्यक्रम अन्तर्गत अलैची, कागती, सुन्तला र अम्बाको बिरुवा वितरण गर्न कार्य सुरु गरेको हो ।

  • सरकारी रकमको दुरुपयोग : ९ किलोको बोकाको कानमा १८ किलोको ट्याग !

    जिल्ला पशु सेवा कार्यालय रामेछापले सरकारी अनुदानको रकम दुरुपयोग गरेको छ । सरकारी नियमअनुसार व्यावसायिक वाख्रापालक कृषकले १६ देखि १८ किलो तौलको बोका अनिवार्य खरिद गरी कार्यालयमा पेश गर्नु पर्ने र त्यही आधारमा प्रति कृषक १५ हजार रुपैयाँ नगद भुक्तानी गर्ने निर्णय भएको थियो ।

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया