MENU

साहित्य/ कला

Ncell Axiata
sagun

दिनेश अधिकारीको ‘भरियाको भूगोल’ सार्वजनिक

काठमाडौं, वैशाख १७ – कवि तथा गीतकार दिनेश अधिकारीको नयाँ कृति ‘भरियाको भूगोल’ सार्वजनिक भएको छ । अधिकारीले कवि श्रवण मुकारुङलाई पुस्तकको पहिलो प्रति हस्तान्तरण गर्दै सार्वजनिक कृति सार्वजनिक गर्नुभएको हो ।

अधिकारीको पुस्तक यात्रा २०३७ सालमा ‘अन्तरका छिटाहरु’ कवितासंग्रहबाट सुरुभएको थियो । त्यसयता उहाँ दर्जनभन्दा बढी कविता संग्रह र त्यति नै संख्यामा गीति संग्रह निस्किसकेका छन् । प्रस्तुत कृति भने २०५१ सालमा उहाँलाई साझा पुरस्कार दिलाउने ‘इन्द्रजात्रा’ पछिको दोश्रो काव्य हो । यो पुस्तक नेपालयले बजारमा ल्याएको हो । 

नारायणगोपालले गाएका ‘यो सम्झिने मन छ’ बोलको गीतबाट शुक्रबार कार्यक्रमको प्रारम्भ गरिएको थियो । पछिल्लो समय ‘ठमेल बजार’ गीतबाट चर्चामा आएकी गायिका मीना निरौलाले यो गीत गाएर सुनाउनुभयो । अधिकारीद्वारा लिखित गीतहरु प्रस्तुत गर्ने कार्यक्रमको पहिलो भागको अन्त्य भने ‘पहाडमा जाडो बढे, तराईले सेक्नु पर्छ’ बाट गरिएको थियो ।

दोश्रो भागमा काव्य विमोचन गरिसकेपछि अधिकारीले केही कविताहरु वाचन गर्नुभएको थियो । पलेँटीका प्रस्तोता एवं गायक तथा संगीतकार आभाष कार्यक्रमको तेश्रो भागमा मञ्चमा आउनुभएको थियो । पछिल्लो समय कवितालाई गीतमा रुपान्तर गर्दै आएका आभाषले अधिकारीको विमोचित ‘भरियाको भूगोल’ कै केही अंशलाई संगीतबद्ध गरेर सुनाउनुभएको थियो । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया