MENU

अन्तर्राष्ट्रिय

Ncell Axiata
USAID

उड्दाउड्दै जहाजको चक्का झर्‍यो

वैशाख १७ – अमेरिकामा एउटा विमान चक्का बिना नै आकश्मिक अवतरण गरिएको छ । बेलिजीबाट फ्लोरिडाका लागि उडेका सानो विमानका पछाडीको एउटा चक्का उड्दाउड्दै झरेको थियो । त्यसपछि सारासोटा–ब्राडेनटन अन्तर्राष्ट्रिय विमानस्थलमा चक्का बिना नै विमानको आकश्मिक अवरण गरिएको हो । अवतरणको क्रममा रनवेमा विमानको चक्का नभएको भागले छुँदा आगोको झिल्का तथा धुवाँ निस्किएको थियो । तर घटनामा कोही पनि घाइते नभएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । चक्का झरेपछि पाइलटले कन्ट्रोल टावरमा यसबारे जानकारी गराएका थिए । त्यसपछि सल्लाहमै चक्का बिना नै विमानको आकश्मिक अवतरण गरिएको हो । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया