MENU

बातावरण-कृषि

Ncell Axiata
USAID

​मान्छे मार्ने गैँडा र बाख्रा खाने चितुवा जेलमा

भावुक योगी/उज्यालो । 

बर्दिया, वैशाख १७ – मानिसले गल्ती गरेपछि सजाय भोगेको त सुनिएकै हो । तर वन्यजन्तुले गल्ती गरेपछि जेल सजाय भोग्नु परेको कमै मात्र सुन्न पाइन्छ । बर्दिया राष्ट्रिय निकुञ्जमा मान्छे मारेको गैँडा र बाख्रा खाएर आतंक मच्चाएको चितुवाले सजाय स्वरुप थुनामा जेल जीवन बिताउनु परेको छ । थप जनधनको क्षति हुनबाट रोक्नका लागि भएपनि तिनीहरुलाई सजाय दिनै पर्ने रहेछ । पछिल्लो समय वन्यजन्तुले जनधनको ठूलो क्षति पुर्‍याईरहँदा मानव र वन्यजन्तु बिचको द्वन्द्व बढीरहेका बेला आतंक मच्चाउने यस्ता वन्यजन्तुलाई द्वन्द्व घटाउन जेलमा राखिएको हो ।

गैँडाले आक्रमण गरी ठाकुरद्धाराको कृष्ण प्रणामी मन्दिरका एक वृद्ध पूजारीको ज्यान गएपछि आक्रमण गरी मान्छेको ज्यान लिएको अभियोगमा बर्दिया राष्ट्रिय निकुञ्जमा एउटा गैँडा झण्डै ७ वर्षदेखि जेल सजाय भोगिरहेको छ । यस्तै स्थानीय बासिन्दाका झण्डै ६० वटा बाख्रा खाएर आतंक मच्चाएको चितुवाले पनि गएको वर्षदेखि जेल सजाय भोगिरहेको छ । आँखा नदेख्ने विक्रम नामको एकसिंगे गैँडाले ७ वर्षअघि २०६७ साल जेठ २ गते साबिक ठाकुरद्धारा–६ मा रहेको कृष्ण मन्दिरका पूजारी ७० वर्षका दिलबहादुर रानालाई आक्रमण गरेको थियो । गैँडाको आक्रमणमा परि गम्भीर घाइते हुनुभएका वृद्ध रानाको उपचारको क्रममा ज्यान गएपछि गैँडालाई सजाय दिइएको हो । त्यो गैँडालाई घेरा बनाएर सुरक्षित रुपमा राखिएको छ ।

यस्तै कैलाली जिल्लाका केही गाउँमा गएको वर्ष स्थानीय बासिन्दाका झण्डै ६० वटा बाख्रा खाएर आतंक मच्चाएको चितुवालाई पनि समातेर बर्दिया निकुञ्ज परिसरमै सुरक्षित रुपमा थुनामा राखिएको छ । जेलमा राखिएको विक्रम नामको गैँडालाई केही महिनापछि जेलमुक्त गरिने निकुञ्ज कार्यालयले जनाए पनि अब बाहिर छाडन खतरा रहेको छ । त्यति सोझो गैँडालाई जेलमा राख्ने मन त होइन तर छाडिदिँदा कसैमाथि बिक्रमले आक्रमण गरेर मानवीय क्षति हुन्छ की भनेर ठूलो क्षेत्र बनाएर उसलाई सुरक्षित स्थानमा राखिएको हो ।

बिक्रमलाई थुनामा कसरी राखिएको छ ?

बर्दिया राष्ट्रिय निकुञ्जको मुख्य कार्यालय ठाकुरद्धारा नजिकै जंगल क्षेत्रमा काठले घेरिएको ठूलो खोरमा बिक्रमलाई राखिएको छ । बिक्रमलाई चौबिसै घण्टा खोरभित्र राखिएको हुन्छ । बिक्रमलाई खोरभित्रै खानेकुराको व्यवस्था गर्ने गरिएको छ भने पानीमा आहाल बस्न मिल्ने गरी पालीको खाल्डो पनि बनाइएको छ । बिक्रमको खानपान, बासस्थान र स्वास्थ्यको सम्पूर्ण रेखदेख गरीएको निकुञ्जका निमित्त प्रमुख रमेश थापाले बताउनुभयो । झण्डै ७ वर्ष अघिदेखि काठै काठले बलियो गरी बारेको घेरामा झण्डै १ हेक्टर क्षेत्रफलमा गैँडाले जेल जीवन बिताइरहेको छ ।

कहाँबाट कसरी आयो र के गर्‍यो बिक्रमले ?

चितवन निकुञ्ज आसपासका गाउँलेले टुहुरा अनाथ चार वटा गैँडालाई पिटेर घाइते बनाए, त्यसपछि बिक्रमसहित ४ वटा अनाथ गैँडालाई २०५५ साल माघ १८ गते चितवन निकुञ्जबाट बर्दिया निकुञ्ज ल्याइएको थियो । बर्दिया ल्याइएका ४ वटै गैँडालाई बर्दिया निकुञ्ज परिसरमा खुल्ला रुपमा छाडेपछि केही दिनमा २ वटा स्वस्थ गैँडालाई निकुञ्ज भित्र छाडियो । 

चितवनबाट ल्याइएका ४ मध्ये अलि बलिया अर्थात स्वस्थ दुईवटा बच्चालाई निकुञ्ज भित्र छाडिएको हो । दुईवटा अलि अस्वस्थ भएकालाई निकुञ्ज मुख्यालय परिसर ठाकुरद्धारमा खुल्ला छाडियो । अलि कमजोर अर्थात अस्वस्थ्य रहेका दुईवटालाई बर्दिया निकुञ्जको परिसर भित्रै पालन पोषण गर्न थालियो ।

दुवै गैँडाको नामाकरण गरियो बिक्रम र कुमार । ‘टुहुरा बच्चा गैँडालाई निकुञ्ज सुरक्षार्थ खटिएका नेपाली सेना र निकुञ्जका कर्मचारी मिलेर परिवारका सदस्य जस्तै माया गरेर हुँकाइयो बिक्रम र कुमार अलिअलि स्वस्थ हुँदै गए’ निमित्त प्रमुख संरक्षण अधिकृत रमेश थापाले भन्नुभयो । त्यो बेला कुमार र बिक्रमको निकै चर्चा थियो । निकुञ्जका कर्मचारी, निकुञ्ज सुरक्षार्थ खटिएका नेपाली सेना र संरक्षणकर्मीले उत्तिकै माया गर्ने गर्थे । 

गाउँबस्ती छिरेपछि कसरी गुम्यो बिक्रमको आँखा ?

निकुञ्ज आसपासका ठाकुरद्धारा, भुरीगाउँ, नेउलापुर, बगनाहा गाउँबस्तीसम्म उनीहरु गहुँबाली नोक्सान गर्न थाले । सानो छँदा आहाराको खोजीमा गाउँबस्तीमा छिरेर गहुँबालीमा क्षति पुर्‍याउन थालेपछि स्थानीय बासिन्दाको कुटाइले बिक्रम नाम गरेको गैँडाको आँखा फुट्यो, स्थानीयले आगोले झोस्ने र कुटपिट गर्नाले बिक्रमले दुवै आँखा गुमायो । 

त्यसपछि झण्डै तीन वर्ष निकुञ्ज परिसरमै रह्यो बिक्रम । ‘आँखा नदेख्ने भएकाले उसँग कोही पनि डराउँदैनथे’ निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत थापाले भन्नुभयो ‘उतिबेला यहाँ आउने पर्यटकहरु त्यसैको अघिपछि उभिएर फोटो खिचाउँथे ।’

किन गयो बिक्रम जेलमा ?

अनाथ र आँखा नदेख्ने भएपछि उसको अघिपछि गर्दै उसँगै टाँसिएर फोटो खिचाउने उसलाई जिस्काउने, छुने, जस्ता काम भएपछि उ रिसाउने र आक्रामक हुँदै गयो । त्यसैबेला निकुञ्ज कार्यालय बाहिर निस्किएको बिक्रमले मन्दिरका पूजारी रानालाई कुल्चियो र पूजारीको ज्यान गएपछि बिक्रमलाई निकुञ्जको टोलीले नियन्त्रणमा लिएर थुनामा राख्यो ।

खुल्ला रुपमा बाहिर छँदा नेपाली सेनाको क्याम्प र निकुञ्ज कार्यालय परिसर गरी १० किलोमिटर दूरी दिनभरि हिँडेर बिताउँने गैँडा अहिले सानो क्षेत्रफलमा हिँड्ने र पानीमा आहल बसेर दिन काट्नु परेको छ । 

चितुवालाई किन राखियो थुनामा ?

सामुदायिक वन भित्रबाट गाउँबस्ती तर्फ निस्कीएर कैलाली जिल्लाका केही गाउँमा गएको वर्ष स्थानीय बासिन्दाका झण्डै ६० वटा बाख्रा खाएर आतंक मच्चाएपछि तीन दिन लगाएर विशेष प्राविधिक टोलीले खोरमै बाख्रा खाइरहेको अवस्थामा बेहोस बनाई चितुवालाई समातेर बर्दिया निकुञ्ज परिसरमै सुरक्षित रुपमा थुनामा राखिएको हो । गाउँमा पसेको चितुवाले मानवीय क्षति हुने खतरा भएकोल थुनामा राखिएको हो । थुनामै रहेपनि चितुवालाई पालन पोषण सँगै स्वास्थ्य उपचार पनि भइरहेको निकुञ्जले जनाएको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • मरेका १८ वटा बाख्रा नियन्त्रणमा, व्यवसायी पक्राउ

    काठमाडौं, असार १२ – काठमाडौं उपत्यकामा मरेका १८ वटा बाख्रा भित्र्याउँदै गरेको अवस्थामा थानकोट चेकपोष्टस्थित पशुपछी विकास मन्त्रालयको क्वारेन्टाइनका कर्मचारीले नियन्त्रणमा लिएका छन् ।

  • ५ तस्बिरमा हेर्नुहोस् खोटाङमा ५ दिन अघि नै धान दिवस

    खोटाङ, असार १० – खोटाङमा पाँच दिन अगावै राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइएको छ ।

  • तरकारी खेतीले आत्मनिर्भर बनायो

    डीबी विष्ट/उज्यालो । बझाङ, असार १० – केही वर्षअघि छोराछोरी बिरामी हुदाँ चार पाँच सय ऋण निकालेर अस्पताल हिँडेको सम्झना गर्ने थलारा गाउँपालिका पिखेतकी शिवजला थापा अहिले तरकारी खेतीबाट आत्म निर्भर हुनुभएको छ ।

  • रसुवामा २० हजार अलैचीको बिरुवामा वितरण गरिँदै

    रसुवा, असार ९ – रसुवामा २० हजार अलैचीको बिरुवा वितरण सुरु भएको छ । जिल्ला कृषि विकास कार्यालय रसुवाले कृषि राहत कार्यक्रम अन्तर्गत अलैची, कागती, सुन्तला र अम्बाको बिरुवा वितरण गर्न कार्य सुरु गरेको हो ।

  • सरकारी रकमको दुरुपयोग : ९ किलोको बोकाको कानमा १८ किलोको ट्याग !

    जिल्ला पशु सेवा कार्यालय रामेछापले सरकारी अनुदानको रकम दुरुपयोग गरेको छ । सरकारी नियमअनुसार व्यावसायिक वाख्रापालक कृषकले १६ देखि १८ किलो तौलको बोका अनिवार्य खरिद गरी कार्यालयमा पेश गर्नु पर्ने र त्यही आधारमा प्रति कृषक १५ हजार रुपैयाँ नगद भुक्तानी गर्ने निर्णय भएको थियो ।

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया