MENU

बातावरण-कृषि

Ncell Axiata
NIC Asia

मौसम धुम्मिएर पानी पर्न थाल्यो, असिना पर्ने सम्भावना

काठमाडौं, वैशाख १८ – काठमाडौं उपत्यकासहित देशका धेरैजसो ठाउँमा मौसम धुम्मिएको छ । काठमाडौंमा अहिले पानी पर्न थालेको छ । बिहान एकै छिन घाम लागे पनि अहिले मौमस धुम्मिएर पानी पर्न थालेको हो । पश्चिमी क्षेत्रबाट बादल क्रमश पूर्व सर्ने क्रममा रहेकाले मौसम धुम्मिएको मौसमविद्ले बताएका छन् ।  

पश्चिमी क्षेत्रमा पनि अहिले पानी पर्न थालेको मौसमविद् राजु प्रधानांगले बताउनुभयो । सोमबार देशका सबैजसो ठाउँमा गडाङगुडुङसहित असिना पानी पर्ने प्रधानांगले बताउनुभयो । 

पश्चिमी क्षेत्रबाट आएको प्रभावका कारण सोमबार देशभर नै पानी पर्ने सम्भावना रहेको उहाँले जानकारी दिनुभयो । पश्चिमी वायूका कारण बनेको बादल, निम्न चापिए रेखा र स्थानीय वायूको प्रभावका कारण मौसम एक्कासी बदली भएको मौसमविदले बताएका छन् । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • ​उद्योगी र उखु किसानबीच सहमति

    सर्लाही, मंसिर २७ –उद्योगी र उखु किसानका प्रतिनिधिबीच गत वर्षकै न्यूनतम मूल्य रहने गरी उखु क्रसिङ सुरु गर्ने सहमति भएको छ ।

  • काठमाडौंमा आज यो वर्षकै कम तापक्रम

    काठमाडौं, मंसिर २७ – काठमाडौंमा बुधबार बिहान यो वर्षकै कम तापक्रम मापन गरिएको छ । मौसम पूर्वानुमान शाखाका अनुसार बिहान काठमाडौंको तापक्रम ५ दशमलव ५ डिग्री सेल्सियस पुगेको थियो ।

  • समुद्री चरा संकटमा

    मंसिर २६ – माछा मार्ने क्रम बढ्नु र बदलिँदो समुद्री तापक्रमका कारण समुद्रमा आधारित चरा लोप हुने अवस्थामा पुगेको नयाँ तथ्यांकले देखाएको छ । विश्वमा चराको संख्याका बारेमा भएको नयाँ अध्ययन अनुसार समुद्रमा आधारित चरा अस्तित्वका लागि संघर्षमा रहेको देखिएको हो ।

  • बझाङमा पनि हिमपात : जनजीवन प्रभावित

    डीबी विष्ट / उज्यालो  बझाङ, मंसिर २६ – बझाङमा वर्षासँगै हिमपात भएको छ । सोमबार रातीबाट प...

  • वर्षा नहुँदा गहुँ छर्न समस्या

    बैतडी, मंसिर २१ – आकाशे पानीको भरमा खेती गर्दै आएका बैतडीका किसानले अहिलेसम्म वर्षा नहुँदा गहुँ छर्न पाएका छैनन् ।

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया