MENU

मनोरञ्जन

Ncell Axiata
chhaka panja

सरकारी जागिरे थिइन् अप्सरा, कार्यालय प्रमुखका कारण जागिर चैट

काठमाडौं, वैशाख १८ – कलाकार लक्ष्मी श्रेष्ठ वास्तविक नामभन्दा पनि चरित्रको नामले परिचित छिन् । हाँस्य टेलिश्रृङखला ‘मेरी बास्सै’मा अप्सराको भूमिका निभाएर उनले कलाकारको परिचय बनाइन् । एकताका उनी यस सिरियलकी आकर्षण नै बनेकी थिइन् । तर पछिल्लो समयमा भने उनी ‘मेरी बास्सै’मा देखिन छाडेकी छिन् । 

सिरियलमा खड्का जी को श्रीमती अप्सराको भूमिकामा देखिन थालेपछि उनलाई धेरैले अप्सरा नै भनेर चिन्न थाले । पहिलेदेखि नै सिनेमामा काम गर्ने उनलाई नचिन्नेहरुले पनि मेरी बास्सैमा काम गरेपछि चिन्न थाले । उनको परिचय नै अप्सरा बन्यो । आफूलाई अरुले अप्सराको रुपमा चिन्दा र सम्बोधन गर्दा धेरै खुशी लाग्ने उनले बताइन् । उनले नेपाली सिनेमा ‘नेपाली बाबु’बाट अभिनयको सुरुवात गरेकी हुन् । तीन सन्तानकी आमा लक्ष्मी हाल सिनेमा ‘छक्का पञ्जा–२’ को सुटिङमा व्यस्त भएकी छिन् । 

अप्सराले अतिथि सत्कार विभागमा काम गर्थिन् जुन परराष्ट्र मन्त्रालय अन्र्तगत पर्छ । पछि स्तनको अप्रेशन गर्नु पर्ने भएका कारण उनले एक वर्ष आराम गर्नु पर्ने भयो । त्यस समय उनी हप्ताको एक दिन कार्यालय जान्थिन् । पछि कार्यालयको हाकीम नै परिवर्तन भएपछि उनलाई अनिवार्य १० देखि ५ बजेसम्म काम गर्नु पर्ने निर्देशन आयो । तर देब्रे हात काम गर्न नसक्ने अवस्थामा पुगेका कारण उनले जागिर छोड्नु पर्ने बाध्यता आयो । अप्सराले जागिर जाँदाको त्यो पल हामीसँगको भिडियो कुराकानीमा सेयर गरेकी छिन् ।  

उज्यालो र forseenetwork.com को सहकार्य

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • को बन्ला पहिलो नेपाल अाइडल ?

    काठमाडौं, असोज ६ – शुक्रबार नेपाली संगीत पारखाीहरुले प्रथम नेपाल आइडल पाउने भएका छन् । लोकप्रिय रियालिटी टेलिभिजन शो नेपाल आइडलको ग्रान्ड फिनालेमा पुगेका तीन प्रतिस्पर्धीमध्येबाट शुक्रबार एक जना नेपाल आइडल बन्नेछन् ।

  • फ्राइडे रिलिज : हलमा ‘यती’ मात्रै

    काठमाडौं, असोज ६ – यो हप्ता नेपाली सिनेमा घरमा एउटा मात्रै चलचित्र लागेको छ ।

  • ‘आयो दसैँ आयो, चारैतिर खुशीयाली ल्यायो’ (भिडियोसहित)

    काठमाडौं, असोज ४ – गीतकार अम्बिका गुरुङको यसपालीको दसैँ गीत ‘आयो दसैँ आयो, चारै तीर खुशीयाली ल्यायो’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गीतकार गुरुङ पछिल्लो समय अमेरिकामा रहेर नेपाली गीतसंगीतमा अहोरात्र लागि पर्नु भएको छ ।

  • गायिका मिलन अमात्यले गरिन् डिभोर्स

    काठमाडौं, असोज २ – गायिका मिलन अमात्यले श्रीमानसँग औपचारिक रुपमा सम्बन्ध बिच्छेद गरेकी छिन् । केही समय अघि मिलन अमात्यले सम्बन्ध बिच्छेदका लागि निबेदन दिए पनि यो कुरालाई बाहिर ल्याउन चाहेकि थिइनन् ।

  • ​आमिर खानले रिजेक्ट गरेका यी कलाकार बने सुपरस्टार

    असोज १ – उनले आमिर खानको चलचित्र ‘धोबी घाट’ तथा अन्य केही टेलिश्रृङ्खलाका लागि अडिसन दिएका थिए । तर उनलाई लिइएन ।

सबै हेर्नुहोस
western union
nepali women
पछिल्ला समाचारहरु

सोसल मिडिया